नेभिगेशन
सुदूरपश्चिम

बझाङमा यार्सागुम्बा संकलन गर्न गएका थप एक जना पुरुषको मृत्यु

 बझाङमा यार्सागुम्बा संकलन गर्नका लागि हिमाली क्षेत्रमा गएका थप एक जना पुरुषको मृत्यु भएको छ । जिल्लाको सुर्मा गाउँपालिका वडा नं. ४ बस्ने अन्दाजी ४५ वर्षीय प्रमु बोहराको मंगलबार यार्चागुम्बा संकलनका क्रममा अत्यधिक हिमपात र पानी परेपछि घर आउने बेला चिसोले कठ्यांग्रीएर बाटोमै मृत्यु भएको हो ।


बोहरा यार्सागुम्बा संकलन गर्न चुफी वनतिर गएका थिए । चुफी वनबाट मंगलबार हिमपात परिरहेको बेला घर फर्किदै गर्दा तितापानी भन्ने स्थानमा चिसोले कठ्यांग्रीएर ज्यान गएको स्थानीयले बताएका छन् ।  उनको मृत्यु भएको खबर प्राप्त भएको र यस विषयमा थप अनुसन्धार भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।  

यस अघि पनि सोमबार मात्रै सुर्मा गाउँपालिकाकै वडा नं ५ सैन गाउँका ३३ वर्षिय कलक बोहराको चिसोले कठ्याग्रीएर ज्यान गएको थियो । यस्तै मंगलबार नै सुर्मा गाउँपालिकाकै ३३ वर्षीया झल्लादेवि बोहरा हिमपहिरोमा परेर वेपत्ता भएकी छन् । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै