नेभिगेशन
सुदूरपश्चिम

बझाङमा हिम पहिरोले एक महिला बेपत्ता

बझाङ :   बझाङको सुर्मा गाउँपालिकामा एक जना यार्सागुम्बा संकलक हिम पहिरोमा बेपत्ता भएकी छन्।


सुर्मा गाउँपालिका(१ देवडी घर भएकी ३३ वर्षीया झल्लादेवी बोहरा बेपत्ता भएकी हुन्। केही दिनअगाडि छोेरासहित सुर्मा गाउँपालिकाको पार्थी हिमालको वनमा यार्सागुम्बा संकलन गर्न गएकी बोहरा हिउँ पहिरोमा बेपत्ता भएकी छन्।

गएराति हिम पहिरो खस्न थालेपछि भाग्ने क्रममा उनी बेपत्ता भएको स्थानीय दिपेन्द्र बोहराले जानकारी दिए। यता प्रहरीले भने घटनाबारे जानकारी लिने प्रयास भइरहेको बताएको छ।

जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी रमेश अवस्थीले घटनाका बारेमा जानकारी लिने प्रयास भइरहेकाले अहिले नै घटनाको पुष्टि गर्न नसकिने जानकारी दिए। प्रहरीले सुर्मा गाउँपालिकामा रहेको चौकीबाट प्रहरी परिचालित गरिएको समेत बताएको छ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै