नेभिगेशन
सुदूरपश्चिम

कञ्चनपुरमा बाघको आक्रमणबाट बेपत्ता महिलाको शव २२ घण्टापछि फेला

बाघ नियन्त्रणमा

बाघको आक्रमणबाट बेपत्ता महिलाको शव २२ घण्टापछि फेला परेको छ । कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुइँकी गङ्गा चन्दको शव आज बिहान फेला परेको हो । महिलालाई आक्रमण गरी बेपत्ता पार्ने पाटे बाघलाई पनि राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्राविधिक टोली करिब २२ घण्टापछि बाघ नियन्त्रणमा लिन सफल भएको हो । बाघ नियन्त्रणमा लिएकै स्थानमा महिलाको शव पनि फेला परेको प्रहरीले जनाएको छ । “बर्दिया राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले बाघ नियन्त्रणमा लिएको छ”, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश डाँगीले भन्नुभयो, “बाघ फेला परेकै स्थानमा महिलाको शव पनि फेला परेको छ।” 

चन्दसहित स्थानीय महिला घाँस काट्न गएका बेला बाघले आक्रमण गरेको थियो । त्यो क्रममा अन्य महिला भागेर ज्यान जोगाउन सफल भएका थिए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत रोशनसिंह ठगुन्नाले बाघ नियन्त्रणमा लिएर बेल्डाँडी पोस्टमा पुर्‍याइएको जानकारी दिनुभयो ।

“आवश्यक प्रक्रिया पूरा गर्नाका साथै केही समय बाघलाई निगरानीमै राख्छौँ”, उहाँले भन्नुभयो, “पछि माथि विभागको निर्देशनअनुसार नियन्त्रणमा लिइएको बाघबारे थप निर्णय लिन्छौँ ।” केही समयअघि पनि पुनर्वास नगरपालिकामा एक महिलाको बाघकै आक्रमणबाट ज्यान गएको थियो । त्यो घटनापछि दक्षिण क्षेत्रका स्थानीय त्रसित छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै