नेभिगेशन
सुदूरपश्चिम

बझाङका बालबालिकालाई भोलीबाट भिटामिन ‘ए’ र जुकाको  औषधि खुवाइने 


बझाङ : बझाङका बालबालिकालाई भोली र पर्सि भिटामिन ‘ए’र जुकाको  औषधि खुवाइने भएको छ । यहि बैशाख ६ र ७ गते जिल्ला भित्रका बालबालिकालाई  भिटामिन ‘ए’ क्याप्सुल  र जुकाको  औषधि खुवाइने स्वास्थ्य कार्यालय  बझाङले जनाएको छ ।

६ देखि ५९ महिना उमेर महिनासम्मका बालबालिकलाई भिटामिन ए क्याप्सुल र १२ देखि ५९ महिना उमेर सम्मका बालबालिकालाई  जुकाको  औषधि खुवाइने स्वास्थ्य कार्यालय बझाङका जनस्वास्थ्य निरिक्षक दिपक ऐडीले जानकारी दिनुभयो । जिल्ला भित्रका १९ हजार ४ सय ७५ बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ क्याप्सुल खुावाइने उहाँले बताउनुभयो ।

औषधि संगै बालभिटा पनि खुवाउने बताइएको छ । आफ्ना बालबालिकाहरूलाई महिला स्वास्थ्य स्वयंसेविकामार्फत् भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउन अभिभावकहरुलाई आग्रह गरिएको छ । सरकारले हरेक वर्ष बैशाख र कात्तिक महिनामा बालबालिकाहरूलाई भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम संचालन गर्दै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
विगत तीन वर्षदेखि रेडियो पत्रकारितामा कार्यरत कल्पना जयपृथ्वी एफएम नेटवर्कका सम्वाददाता हुन् ।
थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै