नेभिगेशन
सुदूरपश्चिम

बिसु मनाउने सपना झौलेख अस्तायो, मध्यरातमा बझाङका ६ जना गाउँलेले ज्यान गुमाए

पाटन नगरपालिका- ८ झौलेकमा मंगलबार मध्यरात जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । ५ जनाले हामफालेर ज्यान जोगाएका छ्न्।

जिल्ला प्रहरी कार्यालयका बैतडीका अनुसार झुलाघाटबाट बझाङको बाग्थला तर्फ आइरहेको से १ ज ७६४ नम्बरको जिप दुर्घटना हुँदा बझाङ केदारस्युँ गाउँपालिका-५ बाँझका ६ जनाको घटनास्थलमै मृत्यु भएको हो। 

मृत्यु हुनेमा बाँझका ६० वर्षका मने बोहरा, ४२ का नरे बोहरा, ४५ का गोरख बोहरा, ४५ कै मान बहादुर धामी, बिर्ख धामी र ४० वर्षका बिरे धामी रहेका छन् । जीप झौलेकको मोडबाट करिब ५ सय मिटर तल खसेको छ । केदारस्यूँ गाउँपालिका ५ को बाँझका जंगी बोहराका अनुसार भारतको पिथौरागढबाट एकै गाउँका ११ जना मिलेर मंगलबार जिप रिजर्भ गरेर बझाङ आइरहेका थिए । राति बाग्थला पुग्ने सोच बनाएका उनीहरु  राती १० बजे खोडपे पुगेका थिए । 

खोडपेबाट करिब ७ किलोमिटर बझाङतर्फ पाटन नगरपालिका ८ को झौलेक मोडको उकालोमा गुडिरहेको गाडी एक्कासी पछाडी धकेल्लिदा दुर्घटना भएको हो । जिप सडक किनारबाट भिरतर्फ जाने क्रममा पछाडी सवार जंगी बोहरासहितका ५ जनाले हाम फालेर बच्न सफल भए भने जिपको अगाडी सवार रहेका ६ जनाको घटनास्थलमै मृत्यु भएको हो । उनीहरु सबै जना एकै गाउँका रहेको र सबै यात्रु भारतमा मजदुरी गर्ने र नयाँ वर्ष तथा बिसु मनाउन घर फर्किरहेका थिए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै