नेभिगेशन
सुदूरपश्चिम

दुर्गाथली गाउँपालिकाभित्र निर्माण भइरहेका र निर्माण सम्पन्न भएका योजनाको अनुगमन 

दुर्गाथली गाउँपालिकाभित्र निर्माण भइरहेका र निर्माण सम्पन्न भएका योजना तथा कार्यक्रमहरुको सोमबार अनुगमन गरिएको छ । दुर्गाथली गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाहरुले सोमबार आर्थिक वर्ष २०७९।०८०मा बजेट विनियोजन भइ निर्माण भइरहेका र निर्माण सम्पन्न भएका कार्यक्रम तथा योजनाहरुको अनुगमन गरेका हुन् । 

दुर्गाथली गाउँपालिकाका अध्यक्ष दिलबहादुर थापा, गाउँपालिका उपाध्यक्ष जनक बहादुर दौल्याल, प्रमुख प्रशासकीय अधिकृत देवीप्रसाद जोशी, तथा विभिन्न वडाका वडाध्यक्षहरुद्धारा दुर्गाथली गाउँपालिका वडा नं. ५ र ७ मा निर्माणको चरणमा रहेका योजनाहरुको अनुगमन गरिएको हो ।

दुर्गाथली गाउँपालिका वडा न. ५ को वडा कार्यालयको भवन, बासुधारादेखी गनखोलासम्मको ढल निकासी, जिवजेनी खानेपानी, कण्टधारी देखी चमलासम्मको आरसीसी बाटो, विसौनाचौर मेसिनरी वाल, गैरा क्रिया घर निर्माण लगाएतका योजनाहरुको सोमबार अनुगमन गरिएको हो । 

अनुगमनका क्रममा विभिन्न योजनाहरुमा कमसल सामाग्री प्रयोग गरी निर्माण थालिएको तथा सिमेन्टको प्रयोग गर्ने ठाँउमा माटोको प्रयोग गरिएको लगाएतका विभिन्न त्रुटीहरु भेटिएको र गल्तिहरुलाई तुरुन्तै सच्याउन पनि निर्देशन दिइएको गाउँपालिका अध्यक्ष दिलबहादुर थापाले बताउनुभयो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै