नेभिगेशन
सुदूरपश्चिम

कर्मचारी राख्नुपर्ने माग राख्दै बर्थिङ सेन्टरमा लगाइएको ताला ४ वर्षपछि खुल्यो

खप्तडछान्ना गाउँपालिका वडा नं. ६ बयानामा विवादका कारण ४ वर्षदेखि बन्द भएको बयाना बर्थिङ सेन्टर सञ्चालनमा आएको छ ।

तत्कालिन पाटादेबल गाविसबाट २ लाख ३१ हजार र गाउँपालिकाको १० लाखको लागतमा निर्माण गरिएको उक्त बर्थिङ सेन्टर उद्घाटन नहँुदै विवादका कारण बन्द भएको थियो । गाउँमा छलफल नै नगरेर जानकारी बिना नियम विपरित बर्थिङ सेन्टर सञ्चालन गरेको र जग्गादातालाई कार्यालय सहयोगी राख्नुपर्ने माग राख्दै २०७६ कार्तिक महिनामा बर्थिङ सेन्टरमा तालाबन्दी गरिएको थियो ।

सञ्चालनको तयारीमा रहेको बर्थिङ सेन्टरमा तालाबन्दी गरेपछि लाखौं रकमका भौतिक तथा स्वास्थ्य सामागी्रहरु प्रयोग विहिन बन्नुका साथै बर्थिङ सेन्टरको झ्याल ढोकासमेत तोडफोड भएका थिए । बर्थिङ सेन्टर निर्माण भएपछि जम्मा दुई दिन मात्रै संचालनमा आएको थियो ।

उद्घाटन र औषधि खरिद् गरी संचालनमा आएको सेन्टर तेस्रो दिनदेखि जग्गादाता झुरु थापाले ताला लगाउनुभएको थियो । निवर्तमान महिला सदस्य कृष्णादेवि थापाका अनुसार बर्थिङ सेन्टर बन्द भएपछि गाउँका गर्भवती र सुत्केरी महिलाहरु मारमा परेका छन् । बर्थिङ सेन्टर बन्द भए यता गाउँका एक दर्जन बढी गर्भवतीले बिचबाटो मै बच्चा जन्माइसकेको थापाले बताउनुभयो ।


लामो समयदेखि गाउँमा बर्थिङ सेन्टर अलपत्र परेको र सुत्केरी महिलाको समस्या यथावत रहेको गुनासो आएपछि गाउँपालिकाले आज स्थानियसँग समन्वय गरेर बर्थिङ सेन्टर सञ्चालनमा ल्याउने निर्णय गरेको हो । आज सोमबार खप्तडछान्ना गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष तेज बहादुर खड्काको अध्यक्षतामा बर्थिङ सेन्टर सञ्चालनको विषयमा छलफल गरीएको बताइएको छ ।

बर्थिङ सेन्टर निर्माण गर्नुअघि जग्गादाताको घरबाट एक जनालाई कर्मचारी बनाउने सहमति भएकाले उक्त सहमति अनुसार नै जग्गादाता झुरु थापाको घरबाट एक जनालाई कर्मचारी बनाउने निर्णय गरिएपछि ताला खोलिएको खप्तडछान्ना गाउँपालिका उपाध्यक्ष विष्णु थापाले बताउनुभयो । 


खप्तडछान्ना गाउँपालिका उपाध्यक्ष विष्णु कुमार थापा, सम्पुर्ण वडाका वडाध्यक्षहरु र स्थानियहरुको रहोवरमा बयाना बर्थिङ सेन्टर सञ्चालन गर्ने सहमति भएको वडाध्यक्ष तेज बहादुर खड्काले जानकारी दिनुभयो । गाउँमा सुत्केरी व्यथा लागेका महिलाहरुलाई बोकेर टाढा रहेको स्वास्थ्य संस्थामा लिनुपर्ने बाध्यता रहेकोमा अब गाउँमै बर्थिङ सेन्टर सञ्चालन भएपछि सहज हुने स्थानियहरुले अपेक्षा लिएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै