नेभिगेशन
सुदूरपश्चिम

बझाङमा ‘डी म्याक्स’ कार खरिदमा भ्रष्टाचार

पूर्व पदाधिकारी विरुद्ध उजुरी

बझाङ : बझाङमा एक करोड बढीको भ्रष्टचारा भएको भन्दै अख्तियारमा उजुरी परेको छ। जिल्लाको छबिसपाथिभेरा गाउँपालिकाका पूर्व जनप्रतिनिधि, कर्मचारी तथा संघसंस्थाले विभिन्न समयमा आर्थिक अनियमितता गरेको भन्दै अख्तियारमा उजुरी दर्ता भएको हो। एक करोड चार लाख ७० हजार ७ सय २६ रुपैयाँ भ्रष्टाचार भएको भन्दै अनुसन्धान र कारबाहीका लागि अख्तियारमा उजुरी परेको छ।

गाउँपालिकाले आर्थिक वर्ष २०७६र०७७ मा एक थान सवारी साधन खरिदका लागि बोलपत्रमार्फत सुजुकी ‘डी म्याक्स’ कार खरिदको थियो। गाडी खरिदका लागि पायोनर मोयोकपसँग मूल्य अभिवृद्धि करसहित ७२ लाख ९ हजारमा सम्झौता गरेको थियो। उक्त कम्पनीसँग आर्थिक वर्ष २०७४ र ०७५ मा मूल्य अभिवृद्धि कर तिरेको प्रमाणपत्र नभएपछि ७४ लाख ८० हजार ७ सय ८६ रुपैँयामा धनगढीको किसान ट्रेडिङ्गसँग २०७६ मा सम्झौता गरिएको थियो।

सार्वजनिक खरिद नियमावलीको आवश्यक प्रक्रिया पूरा नगरेको तथा उक्त सवारी साधनको मूल्य नखुलेको निवेदनमा उल्लेख छ। खरिद गरिएको सवारी साधनको मूल्य बजारमा ६० लाख रहेकाले १५ लाख बराबर भ्रष्टाचार गरेको निवेदनमा उल्लेख छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै