नेभिगेशन
सुदूरपश्चिम

बझाङमा माध्यमिक शिक्षा परीक्षा एसइइको तयारी अन्तिम चरणमा

४ हजार ४ सय परिक्षार्थी सहभागी हुँदै


बझाङ : बझाङमा माध्यमिक शिक्षा परिक्षा एसइइको तयारी अन्तिम चरणमा पुगेको छ । यही चैत १७ गते शुक्रबारबाट हुने एसईई परीक्षाको तयारी जिल्लामा अन्तिम चरणमा पुगेको  हो । बझाङमा एसइइको  तयारी अन्तिम चरणमा पुगेको शिक्षा विकास तथा समन्वय इकाइका प्राविधिक सहायक जनक रोकायाले जानकारी दिनुभयो ।

परीक्षा केन्द्र निर्धाण  र केन्द्राध्यक्ष नियुक्ती यसअघि नै भइसकेको तथा मंगलबार अभिमुखिकरण तालिम दिइने पनि उहाँले बताउनुभयो । बझाङबाट यस वर्ष एसईई परीक्षामा २ हजार ३ सय ८ छात्र र २ हजार ९२ छात्रा गरि चार हजार ४ सय जना सहभागी हुँदै छन् ।

४ हजार ३९ नियमित, ग्रेड वृद्धि १९ र ३ सय ४२ जना प्राविधिक धारका परीक्षार्थीहरु गरि जम्मा चार हजार ४ सय जना परीक्षामा सहभागि हुने शिक्षा विकास तथा समन्वय इकाइका प्राविधिक सहायक रोकायाले बताउनुभयो ।  जिल्ला परीक्षा समन्वय समितिको बैठकले एसइइ परीक्षा सञ्चालनका लागि १८ ओटा केन्द्र तोकेको छ  ।

अन्य वर्ष ग्रेड वृद्धि र प्राविधिक धारका लागि अलग केन्द्र राखिने गरेको भए पनि यो वर्ष त्यो केन्द्र हटाइएको छ । यो वर्ष ग्रेड वृद्धि र प्राविधिकधारका परीक्षार्थीहरुले पनि सम्बन्धित विद्यालयको केन्द्र मार्फत् नै परीक्षा दिन पाउने भएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
विगत तीन वर्षदेखि रेडियो पत्रकारितामा कार्यरत कल्पना जयपृथ्वी एफएम नेटवर्कका सम्वाददाता हुन् ।
थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै