नेभिगेशन
सुदूरपश्चिम

धामीझाँक्रीको भर पर्दा कैलालीमा गर्भवतीको मृत्यु

धामीझाँक्रीको उपचारमा भर पर्दा कैलालीको गोदावरी नगरपालिका–८, स्याउलेकी २२ वर्षीया गर्भवतीको ज्यान गएको छ। घरनजिकै अस्पताल भए पनि धामी बोलाएर कल्पना विकको उपचार थालिएको थियो। बिहानभर ती धामीले कल्पनालाई निको पार्न नसकेपछि दिउँसो गौरीगङ्गा नगरपालिकाको बनबेहडास्थित अर्को धामीको घरमा लगिएको थियो।

ती धाँमीले पनि कल्पनालाई निको पार्न सकेनन्। त्यसपछि मात्र गर्भवती कल्पनालाई सेती प्रादेशिक अस्पताल लगिएको थियो। यसबीचमा कल्पना बिरामी भएको ३० घण्टा बितिसकेको थियो। कल्पनाको घरबाट छ किलोमिटरजति टाढा अत्तरियामा निजी अस्पताल छ। करिब २० किलोमिटर टाढा धनगढीमा सरकारी र निजी क्षेत्रका दर्जनौँ अस्पताल छन्।

कल्पनाले जिब्रो बाहिर ल्याउने, –याल फाल्ने, काम्ने, झड्का आएजस्तो गर्न थालेपछि छरछिमेकी सबैले भूत लाग्यो भनेर शङ्का गरेका थिए। कल्पनाका ससुरा प्रेम विकले भने, ुहामीले यस्तो बिरामी पहिले कहिल्यै देखेका थिएनौँ। त्यसपछि धामीझाँक्रीको भर परेका हौँ।ु नियमित स्वास्थ्य जाँच गर्दै आएकी कल्पना अन्तिम जाँच गर्ने बेला बिरामी भएकी हुन्।

उनलाई अस्पताल पु–याउन ढिलो भएकाले गर्भावस्थाको शिशुको मृत्यु भएको थियो। कल्पनाको अन्तिम जाँच फागुन ४ गते थियो तर उनी ३ गते बिहानै बिमारी भइन्। कल्पनालाई १७ दिन सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो तर उनको ज्यान बचेन। उनको उपचारमा संलग्न डा। खगेन्द्र भट्टले समयमै अस्पतालमा ल्याइएको भए कल्पना र गर्भको शिशुलाई बचाउन सकिने सम्भावना रहेको बताए।

उनका अनुसार कल्पनालाई अस्पताल ल्याउँदा ब्लड प्रेसर बढी थियो। फोक्सो, लिभरलगायतका अङ्गले काम गर्न छाडेका थिए। कल्पनाको शरीरभरि ब्याक्टोरिया भाइरस फैलिसकेको थियो। बान्ता गरेको, ज्वरो आएको र बेहोश भएका कल्पनालाई निकै प्रयास गर्दा पनि बचाउन नसकेको डा। भट्ट्ले बताए।

यातायात, स्वास्थ्य केन्द्रको पहुँच भएको कैलालीमा धामीझाँक्री, औषधि नियमित नखाने, जाँच नियमित नगर्ने, समयमै स्वास्थ्य संस्था नपुग्ने र स्वास्थ्य संस्थामा पहुँच नहुनाले हरेक वर्ष गर्भवती महिलाको मृत्यु हुने गरेको छ। जिल्ला स्वास्थ्य कार्यालय, कैलालीका फोकल पर्सन रमा गिरीका अनुसार यस वर्ष कैलालीमा चार, अघिल्लो आर्थिक वर्षमा नौ र त्योभन्दा अघिल्लो वर्ष २० गर्भवतीको समयमै उपचार नपाउँदा मृत्यु भएको थियो। सुदूरपश्चिम प्रदेशभरि साउनदेखि फागुसम्म २१ जना, आव २०७६÷७७ मा १९ जना, २०७६÷७८ मा २४ जना, २०७८÷७९ मा २१ जना गर्भवतीको ज्यान गएको सुदूरपश्चिम प्रदेशको स्वास्थ्य निर्देशनालयका तथ्याङ्क अधिकृत धर्मानन्द गिरीले जानकारी दिए। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै