नेभिगेशन
सुदूरपश्चिम

सबै छात्रा विद्यार्थी मिल्दा पुरुष नेतृत्वको रेकर्ड तोडियो : सभापति खत्री

बझाङका आठ क्याम्पसमध्ये अब सुप विश्वविद्यालय अन्तर्गतको जयपृथ्वी बहुमुखी क्याम्पसमा मात्रै स्ववियु चुनाव सम्पन्न हुन बाँकी छ ।

अहिलेसम्मको ७ क्याम्पसको नतिजा अनुसार नेकपा एमाले निकट नेकपा एमालेनिकट अनेरास्ववियु तीन क्याम्पसमा, कांग्रेसनिकट नेविसंघ दुई क्याम्पसमा, नेत्रविक्रम चन्द नेतृत्वको नेकपानिकट अनेरास्ववियु एक क्याम्पसमा र  नेकपा माओवादी केन्द्रनिकट अनेरास्ववियु (क्रान्तिकारी) ठाउँमा बिजयी भएका छन् ।

सभापतिमा सेती क्याप्पस बगडगाउँबाट लक्ष्मण गिरी, सुनकुडा नमुना क्याम्पस सुनकुडाबाट दिलीप अधिकारी र थलारा क्याम्पस थलाराबाट महेश जेठारा निर्वाचित भएका छन् । तीनै क्याम्पसमा एमालेनिकट अनेरास्ववियुले जित हासिल गरेको हो ।

त्यस्तै खापरदेव क्याम्पस, खप्तडछान्नामा शर्मिला खत्री नेतृत्वको प्यानल र त्रिवेणी आदर्श क्याम्पस बुङगलमा करिना भण्डारीले जित हात पारेका छन् ।

बझाङ दीप क्याम्पस झोतामा भने चन्दनिकट अनेरास्ववियु क्रान्तिकारीका कमल थापा स्ववियु सभापतिमा निर्वाचित भएका छन् । यस क्याम्पसका अन्य पदाधिकारी तथा सदस्य पदमा अनेरास्ववियुको प्यानलले जितेको छ । 

यस्तै शान्दी आदर्श क्याम्पस छबिसपाथिभेरामा भने सभापति नेकपा माओवादी केन्द्रनिकट अनेरास्ववियु (क्रान्तिकारी) का सागर पण्डितलाई सहमतिमा दिइएको छ भने सचिव नेकपा एमालेनिकट अनेरास्ववियुले राखेको छ । बाँकी पदमा नेविसंघ र अखिल क्रान्तिकारीले भागवण्डा मिलाएका छन् । 


 खापरदेव क्याम्पस खप्तडछान्नामा अघिल्लो कार्यकालदेखि महिला नेतृत्व

क्याम्पसका सबै छात्रा एकै ठाउँमा उभिदा खापरदेव क्याम्पस खप्तडछान्नामा शर्मिला खत्री नेतृत्वको नेपाल विसंघको जित भएको छ । खापरदेव क्याम्पसमा अध्ययनरत ७७ जना विद्यार्थीमध्ये १८ जना छात्र र ५९ जना छात्रा रहेका छन् ।

यस क्याम्पसमा लामो समय स्ववियु सभापति पुरुष चुनिदै आएको भए पनि यसपटक प्राय: सबै छात्राहरु चुनिएका छन् । महिलालाई नेतृत्व दिन नचाहने संगठन र समाजका बेगर नेविसंघको तर्फबाट स्ववीयु चुनावमा होमिएका सबै छात्राहरु आफ्ना समकक्षीहरुले साथ दिदा जित हात पार्न सफल भएको बताउँछन् ।

 संगठनले पनि आफु नेतृत्वलाई सुरुमा नस्वीकार गरेको र पछि छात्राहरुको जोडबलले छोड्न बाध्य भएको नव निर्वाचित सभापति शर्मिला खत्रीले बताइन् ।

 क्याम्पसका सबै छात्राहरुले पटक पटक पुरुषलाई नेतृत्व जिताए पनि कुनै परिवर्तन नआएको र यसपटक जुनसुकै संगठनको भए पनि महिलालाई जिताउनुपर्छ भनेर लागि परेको क्याम्पसका विद्यार्थी बबिता कार्कीले बताइन् । क्याम्पस सबै संगठनहरु जोडतोडले लागे पनि छात्रा विद्यार्थीकै सहयोगमा नेतृत्व लिन सफल भएको सभापति शर्मिला खत्रीले बताइन् ।

 सभापति खत्रीले भनिन्,'म र मेरो नेतृत्वले जित हात पार्नुमा सबैको भूमिका महत्वपूर्ण छ । विगतमा पुरुषहरु मात्रै नेतृत्वमा पुग्थे । यसपटक मैले सबै छात्रा विद्यार्थीलाई सम्झाएँ । उहाँहरु सहमत हुनुभयो । मलाई नलड हार्छौ भन्नेहरु पनि थिए तर म लडिरहेँ । यसपटक पनि मलाई नेतृत्व छोड भनेर दबाब नआएको होइन तर साथीहरुको उत्साह र मेरो अठोटले सफल भएँ । यस क्याम्पसका सबै छात्रा, सबै विद्यार्थी संगठन मिलेर म नेतृत्वलाई भोट दिए र मेरो टिमले जित्यो । अब काम गर्न पनि सहज हुन्छ किनभने हामी प्राय: छात्रा नै छौं । '

उनले सबै छात्राहरु जुन संगठनमा आवद्ध भए पनि यसपटक आफू नेतृत्वको टिमलाई जिताउन लागेको भन्दै खुशी व्यक्त गरिन् । साथै सभापति खत्रीले आफू र आफ्नो टिमलाई नेतृत्व सुम्पिनेप्रति धन्यवाद ज्ञापन गर्दै समग्र क्याम्पस र विद्यार्थीको हकहितमा लडिरहने बताइन् । 

खापरदेव क्याम्पसमा हिजो सम्पन्न स्ववियु चुनावमा ६ जना प्रत्यक्ष र ३ जना समानुपातिक नेविसंघका र बाँकी २ जना एमाले निकट अनेरास्ववियुका गरि ११ जना निर्वाचित भएका छन् । निर्वाचित १० जना छात्राहरु र एक जना छात्र रहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

प्रताप ओली जयपृथ्वी एफएम ९६.३ मेगाहर्ज बझाङका संस्थापक अध्यक्ष हुन् । उनी विगत १० वर्षदेखि बझाङबाट समसामयिक विषयमा कलम चलाउँदै आएका छन् । 

थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै