नेभिगेशन
सुदूरपश्चिम

बझाङका २ बालबालिकाको अत्तरियाबाट उद्दार, आमा बेपत्ता

बझाङः बझाङका २ बालबालिकाको उद्दार गरिएको छ। कैलालीको अत्तरियाबाट २ बालबालिका बझाङको छन्ना घर बताउने ६ वर्षीया बालिका आयुसु गिरी र ४ वर्षीय दिपु गिरीको उद्दार गरिएको हो।  अत्तरिया बसपार्क नजिकै एक होटलमा अलपत्र अवस्थामा भेटिएका ति बालबालिकाको उद्दार गरेर स्थानीय एलआर ओझाले इलाका प्रहरी कार्यालय मालाखेतीमा पुर्‍याएका थिए।

उनले बालबालिका अलपत्र भेटिएको खबर पाएपछि उद्दार गरी इलाका प्रहरी कार्यालय मालाखेतीमा पुर्‍याएको बताएका छन्। उद्दार गरिएका ति बालबालिकाले आफू आमासंगै आएको प्रहरी समक्ष बयान दिएका छन्। उनीहरुले आमाको नाम सिता गिरी र बुवाको नाम राजेश गिरी बताएको इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी गणेश बरालले बताए। 

उनका अनुसार अत्तरिया बसपार्क नजिकै रहेको राउला केदार होटलमा आमासंगै आएका बालबालिकालाई आमाले होटलमै छोडेर गएकी थिइन्। आमा संगै भारतबाट आएका ति बालबालिकालाई छोडेर आमा अरु पुरुष संग गएको हुन सक्ने प्रहरीले आसंका गरेको छ। उद्दार गरिएका बालबालिकालाई अत्तरियामा रहेको महिला तथा बालबालिका सेव हाउसमा राखिएको छ। संगै आएकी आमा कहाँ गइन भन्ने बारेमा खुल्न नसकेको डिएसपी बरालले बताएका छन्। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै