नेभिगेशन
सुदूरपश्चिम

रायल–उत्गडी सिमार जोड्ने ट्रस पुलले तिव्रता लियो, आगामी असारमा गाडी वारपार हुने

निर्माणाधीन रायल–उत्गडी सिमार जोड्ने ट्रस पुलले तिव्रता लिएको छ । लामो समयदेखि अधुरो रहेको केदारस्युँ गाउँपालिकाको रायल र थलारा गाउँपालिकाको उत्गडी जोड्ने ट्रस पुलको निर्माण कार्यले तिव्रता लिए थलाराबासीमा खुशीयाली छाएको छ । सेती नदीमाथि बनिरहेको ७७ मिटर लामो ट्रस पुल आगामी असारसम्म गाडी चल्ने गरि अगाडी बढिरहेको छ ।

संविधानसभा सदस्य एलबी रावलले आफू संसदमा हुँदा पहल गरेको यो पुलमा झण्डै ८ वर्षदेखि काम हुन सकेको थिएन ।  ८१ करोडको लागत अनुमान गरिएको यो पुलमा कालिका चन्द सेवाले ठेक्का सम्झौता गरेको भए पनि निर्माणको जिम्मा भने ग्वाल्लेख निर्माण सेवाले पाएको छ ।

पहिलेको सम्झौता अनुसार निर्माण कार्य नभएपछि पुन: म्याद थप गरि अहिले तिव्र गतिमा काम भइरहेको यो पुलको ट्रसिङको काम यसै चैत महिनामा सकिनेछ भने आगामी वैशाखमा पुलमाथि आरसीसी ढलानको काम सुरु गरि असारमा पूर्ण रुपमा सवारी साधन गुड्न योग्य हुने साइट इन्जिनियर सन्तोष चन्दले बताउनुभयो । यो पुल निर्माण भएपछि विशेषगरी थलाराको वडा नम्बर १ वडा नम्बर र वडा नम्बर ३ बासीले भोग्दै आएको यातायात समस्या समाधान हुने थलामरा २ का स्थानीय देवेन्द्र सायरले बताउनुभयो ।

अहिले यी तीन वटा वडाका बासिन्दाहरुले देउरा हुँदै पैदल यात्रा र ३ घण्टा टाढा झनानाबाट गाडीको यात्रा गर्नु परिरहेको छ । सेती नदीमा बनेका पुलहरु सेतीवारीका बासिन्दाहरुलाई असमान दुरी र भौगोलिक कठाइले गर्दा यात्रा गर्न शकस हुँदै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै