नेभिगेशन
सुदूरपश्चिम

आर्थिक रुपले विपन्न बालबालिकालाई विद्यालय पोशाक वितरण

बझाङ ;तलकोट गाउँपालिकामा छात्रवृत्ति कार्यक्रमको अवसरमा अपाङ्ग असक्त, असहाय, र आर्थिक रुपले विपन्न तीन विद्यालयका बिद्यार्थी बालबालिकाहरुलाई एक कार्यक्रमका विच विद्यालय पोशाक वितरण गरीएको छ ।

आज सोमबार तलकोट गाउँपालिका वडा नं ७ को आयोजनामा गाउँपालिकाका उपाध्यक्ष पार्वती कुवर भण्डारी ,प्रमुख प्रशासकीय अधिकृत शिद्धराज भण्डारी तलकोट गाउपालिका वडा नं ६ र ७ का वडा अध्यक्ष लगायत अन्य जनप्रतिनिधि र स्थानियको सहभागितामा एक कार्यक्र गरी तलकोट गाउपालिका — ७ मा रहेको हिमालय माध्यामिक विद्यालय दाँतोला, कैलास हिमाल आधारभुत विद्यालय किदन्न र मष्टा आधारभुत विद्यालय धामीगाउँका अपाङ्ग असक्त, असहाय, र आर्थिक रुपले विपन्न बालबालिकालाई विद्यालय पोशाक वितारण गरीएको हो ।

सोहि कार्यक्रमकै अवसरमा हिमालय माविमा कक्षा १० मा अध्यनरत विद्यार्थीहरुलाई पनि एसइइ सफलताको शुभकामना व्यक्त गर्दै विदाइ गरीएको हिमालय मावि दाँतोलाका प्रधानाध्यापक प्रेम बहादुर जेठाराले जनाकारी दिनु भयो। त्यस्तै तलकोट गाउँपालीका – ७ मा रहेको हिमालय माध्यामिक विद्यालय दाँतोलाको नयाँ विद्यालय व्यवस्थापन समिती गठन गरीको छ ।

पुरानो विद्यालय व्यवस्थापन समितीको समया अवधि सकिएपछि आज अविभावकहरुको भेलाबाट राजेन्द्र बहादुर बिष्टको अध्यक्षतामा ९ सदस्यीय विव्यस समिती गठन गरीएको हो । अविभावकहरुको भेलाबाट बिष्टको अध्यक्षतामा अन्य सदस्यमा लक्ष्मण बिष्ट , विरजन जेठारा , कुम्भ बिष्ट , किणी धामी, प्रमकला धामी , अमृता बिष्ट ,शिक्षक प्रतिनिधीमा जानकी कुमारी धमेना ९बिष्ट० र सदस्य सचिवमा प्रधानाध्यापक प्रेम बहादुर जेठारा चयन भएको स्थानिय कुम्भ बिष्टले जानकारी दिनु भायो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै