नेभिगेशन
सुदूरपश्चिम

होली पर्व सभ्य तरिकाले मनाउन जिल्ला प्रशासन कार्यलय बझाङको अनुरोध

बझाङ ; आज परेको फागु पर्व अर्थात् होली सभ्य तरिकाले मनाउन जिल्ला प्रशासन कार्यलय बझाङले अनुरोध गरेको छ । हिजो एक सुचना जारी गर्दै जिल्ला प्रशासन कार्यलयले होली पर्वलाई धार्मिक एवम् सांस्कृतिक दृष्टिले मर्यादित र सभ्य ढङ्गले मनाउँदा मात्र होली पर्वको महत्व सिद्ध हुने भएकाल मर्यादित र सभ्य ढङ्गले पर्व मनाउन अनुरोध गरीएको छ ।

होली खेल्ने नाममा कसैको इच्छा विपरीत जवरजस्ति,अमर्यादित र गैरकानुनी व्यवहार गर्ने, रङ्ग लगाउने, लोला हाने वा फोहर पानी,विभिन्न केमिकल मिसिएको पदार्थ लागाएर उच्छृङ्खल गतिविधि गर्ने,चर्को आवाजमा डिजेहरु बजाउने जस्ता क्रियाकलाप नगर्न प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेद्धारा हस्ताक्षरित सुचना मार्फत सवैमा आग्रह गरीएको छ । यदि कैसैले यस्ता उच्छृङ्खल कार्य गरे नजिकको प्रहरी कार्यालय अथवा १०० मा फोन गरेर जानकारी गराउन अनुरोध गरीएको छ ।

यस्तै सुचनामा मोटरसाइकल चलाउँदा हेलमेट अनिवार्य लगाउन, तीन जना नचढ्न र जाँडरक्सी वा लागुपदार्थ खाएर गाडी नचलाउन पनि उल्लेख गरीएको छ ।

पछिल्ला केही वर्षदेखि होली पर्व संयमित तरिकाले मनाउने गरेको पाइन्छ । सम्भावित घटनालाई मध्यनजर गर्दै प्रहरीले विशेष सुरक्षा योजना लागू गर्न लागेको हो । होली पहाडी जिल्लामा आज र तराईमा भोली मनाइँदैछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
विगत तीन वर्षदेखि रेडियो पत्रकारितामा कार्यरत कल्पना जयपृथ्वी एफएम नेटवर्कका सम्वाददाता हुन् ।
थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै