नेभिगेशन
सुदूरपश्चिम

शान्ती पूर्वक सकियो बान्नीकी चैतली

बझाङ : सुदूरपश्चिमको प्रसिद्ध जात्राका रुपमा लिइने बान्नीकी चैतली मेला सामान्य पूजाआजा र भकुण्डो खेल्दै एकै दिनमा सकिएको छ । गत वर्ष चाैतर्फी आलोचना भएकाले यस वर्ष चैतली मेलामा स्वास्थ्य सावधानी अपनाएर बान्नी मष्टा मन्दिरमा पूजाआजा र भकुण्डो खेल्दै आजै मेला सकिएको छ ।

मेलामा भीडभाड हुन नदिन व्यापक सुरक्षा व्यवस्था मिलाइएको भए पनि भीडभाड धेरै भएको शान्ति पूर्वक मेला एक सकिएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी तथा प्रहरी निरिक्षक लोकेन्द्रसिंह कार्कीले बताउनुभयो । 

प्रहरी निरिक्षक कार्कीले सुरक्षाकर्मी नाकामा खटिनु अघि नै दर्शालु भक्तजन मेला भर्न आइपुगेकाले भीडभाड भएको बताउनुभयो । भीडभाड भए पनि शान्ति पूर्वक मेला समापन भएकोप्रति छबिसपामथिभेरा गाउँपालिका अध्यक्ष अक्कल धामीले खुशी व्यक्त गर्नुभयो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै