नेभिगेशन
सुदूरपश्चिम

गाउँपालिकाले घर आँगनमै विशेषज्ञसहितको स्वास्थ्य शिविर ल्याएपछि तल्कोटबासी खुशी

बझाङ : तल्कोट गाउँपालिकामा आजदेखि दुईदिने बृहत एकीकृत स्वास्थ्य शिविर सुरु भएको छ । तल्कोट गाउँपालिका वडा नम्बर ५ को दुर्गाभवानी माविको प्राङ्गणमा शिविर सुरु भएको हो । शिविरमा नेपालगन्ज मेडिकल कलेज, गण्डकी मेडिकल कलेज र भेरी अन्चल अस्पतालका विशेषज्ञ डाक्टरहरुले सेवा दिइरहनुभएको छ । 

शिविरमा नाक, कान, घाँटी रोग विशेषज्ञ, डेन्टल विशेषज्ञ, स्त्रीरोग विशेषज्ञ, जनरल फिजिसियन, हाडजोर्नी सम्बन्धि रोग विशेषज्ञ लगायतका विशेषज्ञ डाक्टरले सेवा दिइरहेका छन् । तल्कोट गाउँपालिकाको आयोजना, गुराँसे कल्याणकारी सेवा समितिको,रोटरी क्लब अफ नक्साल शक्तिको संयुक्त आयोजनामा बृहत शिविर सन्चालन भइरहेको छ ।

स्थानीय सरकारको पहलमा पहिलोपटक घर आगनमै विशेषज्ञसहित स्वास्थ्य शिविर ल्याएको भन्दै स्थानीयहरु खुशी भएका छन् । आफुलाई लामो समयदेखि दाँत दुख्ने समस्या भएको र आज दाँत रोग विशेषज्ञ डाक्टरबाट सेवा पाउँदा खुशी भएको तल्कोट ५ का रिउले कामीले बताउनुभयो ।

शिविर उद्घाटन कार्यक्रममा बोल्नुहुँदै रोटरी क्लब अफ नक्साल शक्तिका संचालक डाक्टर लुना शर्मा अर्‍यालले तल्कोट जस्तो विकट ठाउँमा सेवा दिन पाउँदा खुसी व्यक्त गर्नुभयो साथै उहाँले अब तल्कोट बासीको समस्यालाई मध्यनजर गर्दै नेपालगन्ज मेडिकल कलेज कोहलपुरले तल्कोटबासीलाई तल्कोट गाउँपालिकाको सिफारिसको आधारमा हरेक सेवामा १० प्रतिशत छुट दिने स्वास्थ विमा भएको सहज ढंगले उपचार गरिदिने बताउनुभयो । 

कार्यक्रममा तल्कोट गाउँपालिका अध्यक्ष कलक रोकाया र उपाध्यक्ष पार्वती कुँवर भण्डारीले यो शिविरले तल्कोटी जन्तालाई थोरै भए पनि राहत गर्ने र गरिब, दुखी जनताले सहजै सेवा पाउने बताउनुभयो । उहाँहरुले राष्ट्रपति विद्यादेवी भण्डारीको पहलमा यो शिविर पाएको यसैगरी सबै निकायलाई सहयोग गर्न पनि आग्रह गर्नुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै