नेभिगेशन
सुदूरपश्चिम

चर्को ब्याजदर विरुद्ध बझाङका उद्योगी व्यवसायीहरुले गरे शान्तीपूर्ण विरोध र्‍याली

बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदर विरुद्ध बझाङका उद्योगी व्यवसायीहरुले बुधबार पनि शान्तिपूर्ण विरोध  र्‍याली निकालेका छन् । गत सोमबारदेखि शुरु भएको आन्दोन अन्तर्गत आज पनि उद्योग व्यवसायीहरुले सदरमुकाम चैनपुरका बजारमा शान्तीपूर्ण विरोध र्‍याली निकालेका छन् भने बिहान ११ बजेसम्म पसल तथा उद्योग व्यवसाय बन्द गरेर समर्थन जनाएका छन्। 

बझाङ उद्योग वाणिज्य संघले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा सोमबारबाट हरेक दिन बिहान ११ बजेसम्म बजार बन्द गर्नुका साथै विरोध र्‍याली निकाल्ने तालिका समेत बनाएको थियो । उद्योगी व्यवसायीहरुले अघि सारेका माग एक महिनाभित्र सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम तय गर्ने समेत उद्योगी व्यवसायीहरुले चेतावनी दिएका छन् । 

आन्दोलन अन्तर्गत बझाङमा भोली फागुन १८ गते ‘नो डिपोजिट’ अर्थात कुनै पनि बैंक वित्तीय संस्थामा रकम जम्मा नगर्ने निर्णय समेत गरेको छ । नेपाल राष्ट्र बैंकको मौद्रिक नीति, आफुअनुकुल ब्याज वृद्धि लगायतको विरोध गर्दै जिल्लाभरी नै यसको विरुद्ध स्वरुप २० गतेसम्मका लागि विभिन्न चार बुँदे कार्यतालिका नै बनाएर उद्योग बाणिज्य संघले विरोधका कार्यक्रम सार्वजनिक गरेको हो । उद्योग वाणिज्य संघ बझाङले बिहीबार राष्ट्रिय वाणिज्य बैंक अगाडी कार्य गर्ने जनाएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै