नेभिगेशन
सुदूरपश्चिम

बझाङमा २ वर्षीया बालिका बलात्कृतको आरोप,  बालिकाको स्वाव ल्याब परिक्षणका लागि काठमाडौं पठाइयो

बझाङको खप्तडछान्ना गाउँपालिका वडा नम्बर–७ का एक ६८ वर्षीय पुरुषलाई २ वर्षीया बालिकामाथि बलात्कारको आरोप लागेको छ । ती पुरुषविरुद्ध बलात्कार गरेको भन्दै बालिकाकी आमाले प्रहरीमा आइतबार जाहेरी दिएकी छन् । 

फागुन १२ गते साँझ पाँच बजेतिर आफू घरबाट डेढ सय मिटर टाढा रहेको धारामा भाँडा धुन गएका बेला बालिकाको बलात्कार भएको उनले बताएकी छिन् । आफू भाँडा धोएर घर फर्किंदा घरमा छोरीलाई काखमा राखेर बलात्कार गरिरहेको र छोरी चिच्याइरहेकी देखेको र छोरीलाई बल्लतल्ल तानेर भाग्न सफल भएको उनको भनाई छ । 

घटना हुनेबित्तिकै स्थानीयलाई खबर गर्दा पीडक पक्षले गाउँमै घटना मिलाउन दबाब दिएको पनि उनले बताइन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक रमेश अवस्थीले बालिका बलात्कारको मुद्दा दर्ता भइसकेको बताए । उनले बालिकाको स्वास्थ्य परीक्षण गर्दा गुप्तांगमा घर्षण भएको पाइएको बताए । बालिकाको स्वाव ल्याब परिक्षणका लागि काठमाडौं पठाइएको र अभियुक्तलाई पक्राउ गरि मंगलबार म्याद थपका लागि जिल्ला अदालत पेश गरिने निरिक्षक अवस्थीले बताए । 

बालिकाकी आमा र बालिका अहिले सदरमुकामस्थित अल्पकालिन महिला सुरक्षा आवास गृहको संरक्षणमा छन् । अभियुक्त पुरुष पीडित बालिकाकै नातेदार पर्ने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै