नेभिगेशन
सुदूरपश्चिम

सुदूरपश्चिममा ६ सय क्षमताका कारागारमा १६०७ कैदी

कारागारभित्र कैदीबन्दीको ठेलाठेल

सुदूरपश्चिम प्रदेशभित्र दिनप्रतिदिन अपराध बढ्दै गएको छ। विभिन्न प्रकृतिका अपराध बढ्दै गएपछि प्रदेशभित्रका कारागार कैदीबन्दीले भरिएका हुन्। कैलाली र कञ्चनपुर कारागारमा क्षमताभन्दा चार गुणा बढी कैदीबन्दी छन भने सात पहाडी जिल्लामा तीन गुणा बढी कैदीबन्दी छन्।

कारागारको क्षमताभन्दा कैदीबन्दीको संख्या चार गुणाले बढेपछि व्यवस्थापन गर्न समेत समस्या भएको कारागार प्रशासनको गुनासो छ। सदूरश्चिम प्रदेशका सबै कारागारको गरी जम्मा ६ सय क्षमता छ तर कागागारभित्र १ हजार ६ सय ७ जना कैदीबन्दी हुँलिएका छन्। क्षमताभन्दा बढी कैदीबन्दी राख्नु मानव अधिकारको समेत हनन् भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक०का सुदूरपश्चिम संयोजक खडगराज जोशी बताउँछन्।

‘कैदीबन्दीलाई बसोबास, खानेपानी, शौचालयलगायत आधारभूत सेवा पाउन समेत समस्या भइरहेको छ, उनीहरुलाई सरकारले सेवासुविधा दिए पनि त्यतिले मात्र पुग्दैन,’ उनले भने। कारागारभित्रै मानवअधिकार हनन् भइरहँदा पनि कारागार व्यवस्थापनमा सम्वन्धित निकायको ध्यान जान नसकेको संयोजक जोशीले बताए। संघ र प्रदेश सरकारले प्रत्येक वर्ष कारागार सुधारको नीति ल्याउने गरे पनि कार्यान्वयनमा आउने गरेको छैन्।

पछिल्लो समय प्रहरीले लागुऔषध ओसारपसार, विक्रीवितरण र सेवनमा संलग्नहरुलाई धमाधम पक्राउ गर्न थालेपछि प्रहरी थुनुवा कक्ष र कारगारमा कैदीबन्दीको संख्या उल्लेख्य रुपमा बढेको हो। ज्यान मुद्दा, चोरी डकैती, जबरजस्ती करणी, कुटपिट लगायतका घटनामा संलग्नहरु एकपछि अर्को पक्राउ पर्न थालेपछि कैलाली र कञ्चनपुरका कारागारमा क्षमताभन्दा चार गुणा बढी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक खगेन्द्र साउँदले बताए।

साथै विभिन्न अपराधमा संलग्न फरारहरु समेत पक्राउ पर्न थालेपछि कारागारको क्षमता भन्दा चार गुणा बढी कैदीबन्दी राख्नु परेको उनले बताए। एक सय ५० क्षमता भएको कैलाली कारागारमा ३३ महिला र ५ सय ८३ जना पुरुष गरी ६ सय १६ जना कैदीबन्दी छन भने बालक एक र दुई बालिका समेत आश्रित छन्।
९५ क्षमता भएको कञ्चनपुर कारागारमा १९ महिला र ४ सय १७ जना पुरुष गरी ४ सय ३६ कैदीबन्दी छन्। एक सय ४० जनाको क्षमता भएको डडेल्धुरा कारागारमा ११ महिला र एक सय ६ पुरुष गरी एक सय १७ कैदीबन्दी छन्। ७५ क्षमताको अछाम कारागारमा ८६ जना कैदीबन्दी छन्। जसमा ८० पुरुष ६ महिला छन्।

अछाम कारागारमा चार वर्षीया बालिका दुई जना र तीन वर्षीय एक बालक समेत आश्रित छन्। ४० जना क्षमता भएको दार्चला कारागारमा ६७ कैदीबन्दी छन्। जसमा तीन जना महिला छन्। २५÷२५ कैदीबन्दी क्षमता भएका बाजुरा, बझाङ, बैतडी र डोटीमा क्रमशः ६४, ७५, ७१ र ६८ कैदीबन्दी रहेको इन्सेकको तथ्यांक छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै