नेभिगेशन
सुदूरपश्चिम

चट्याङले मष्टाको भेकुन्डेस्थित टेलिकम टावरमा क्षति, साइपालबासी सम्पर्क बाहिर

नेपाल टेलिकमको टावरमा समस्या हुदाँ बझाङको दुर्गम साइपाल गाउँपालिका फोन र इन्टरनेट सम्पर्कबाट बञ्चित बनेको छ । मष्टा गाउँपालिकास्थित भेकुन्डे टावरमा शनिबार वेलुका चट्याङ परेकाले साइपाल गाउँपालिका २ नाङ्नामा रहेको नेपाल टेलिकमको टावरमा पनि समस्या देखिएको हो । नेटवर्कले काम नगर्दा साइपाल गाउँपालिकाको वडा नं १ देखि ५ सम्मका बासिन्दा सञ्चार सुविधाबाट बञ्चित भएका छन् । साइपालमा विभिन्न प्राविधिक समस्या र आवश्यक विद्युत नहुँदा बेला बेला समस्या हुँदै आएको छ ।

२०७६ सालमा सञ्चालनमा रहेको उक्त टावरले शनिबारबाट काम गर्न छोडेपछि टेलिफोन तथा इन्टरनेट सेवामा समस्या आएसँगै स्थानीयहरु सञ्चारविहीन भएका गणेश बोहराले जानकारी दिनुभयो । साइपालमा नेपाल टेलिकमबाहेक अन्य सेवा प्रदायक टेलिकमको पनि सेवा उपलब्ध नहुँदा साइपालबासीलाई खबर आदानप्रदान गर्न समस्या भएको उहाँले बताउनुभयो ।

यता नेपाल टेलिकम बझाङले भने टावर बिग्रिएको खबर प्राप्त भएको र बुधबारसम्म प्राविधिक पठाएर मर्मत गरिने बताएको छ । टेलिकमले शनिबार बेलुका मेघगर्जनसहित परेको चट्याङले क्षति पुर्‍याएको हुँदा समस्या उत्पन्न भएको जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै