नेभिगेशन
सुदूरपश्चिम

जयपृथ्वी नगरपालिका–९ देवलमा करोड लगानीको बालआश्रम प्रयोगविहीन

असहाय र विपन्न बालबालिकालाई आवासीय शिक्षा दिने उद्देश्यले निर्माण गरिएको बालआश्रम प्रयोगविहीन भएको छ। नेपाल सरकारको एक करोड लगानीमा दुई वर्षअघि निर्माण भएको भवन सञ्चालनमा नआउँदा अलपत्र परेको छ ।

संघीय सरकारको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको ५० लाख र संघीय सरकारकै ५० लाख विशेष अनुदान रकमबाट उक्त बालआश्रमको भवन निर्माण भएको थियो। जयपृथ्वी नगरपालिका–९ देवलमा निर्माण गरिएको आठकोठे उक्त भवनमा बालबालिकाको लागि शयन कक्ष, भान्सा, वार्डेन कक्ष, मनोरन्जन कक्षलगायत कोठा छन्। यद्यपि भवन बेवारिसे हुँदा प्रयोगमा नआउँदै जीर्ण बन्न थालेको छ। भवनका झ्यालका सिसा फुटाएका छन्। भित्ता, ढोकालगायत संरचनामा क्षति पुगेको छ। भवनको वरिपरि झाडी पलाउन थालेको छ।

बालआश्रम सञ्चालनमा नआउँदा सरकारी लगानी अलपत्र परेको र असहाय बालबालिकासमेत सेवाबाट वञ्चित भएको स्थानीयको भनाइ छ। यो भवनमा बालआश्रम सञ्चालन गर्नका लागि गैरसरकारी संस्थाले पनि प्रयास गरेको तर नगरपालिका आफैंले सञ्चालन गर्ने भन्दै अरूको जिम्मा नदिँदा सरकारको लगानी अलपत्र हुन थालेको स्थानीयको भनाइ छ। 

नगर कार्यपालिकाको बैठकले तीन महिनाअघि नै वडा कार्यालयको मातहतमा रहने गरी बालआश्रम सञ्चालन गर्ने निर्णय गरेको तर वडाले सक्रियता नदेखाएका कारण भवन अलपत्र परेको जयपृथ्वी नगरपालिका प्रमुख चेतराज बजालले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै