नेभिगेशन
सुदूरपश्चिम

नेपाल प्रहरीद्धारा सुदूरपश्चिममा लागुऔषध विरुद्धको महाअभियान सुरू


बझाङ : नेपाल प्रहरीले सुदूरपश्चिममा लागु औषध विरुद्धको महाअभियान थाल्ने भएको छ। लागु औषध प्रयोगकर्ताको संख्या घटाउन र कारोबार नियन्त्रण गर्न प्रहरीले महाअभियान थालेको हो। सुदूरपश्चिममा लागु दुर्व्यसनीहरूको संख्या अत्यधिक बढेकाले लागुऔषधको कारोबार ध्वस्त गर्न प्रहरीले स्थानीय तहसँग समन्वय गरेर अभियान थाल्ने भएको हो।

लागु पदार्थ प्रयोग गर्ने किशोरकिशोरी तथा युवाहरूको संख्या बढ्न थालेकाले जथाभावी औषधि बिक्री नगर्न औषधि व्यवसायीलाई आग्रह गरिएको छ। सुदूरपश्चिममा लागु औषधको प्रयोग तथा ओसारपसार बढेको भन्दै लागु औषध विरुद्ध महाअभियान थाल्नुपर्ने माग गरिँदै आएको थियो।

लागु औषध दुर्व्यसनमा किशोरकिशोरी तथा युवाहरूको संख्या बढेकाले लागु औषधको ओसारपसार, बिक्री वितरण र प्रयोग नियन्त्रण गर्न प्रहरी तथा सर्वसाधारणले मिलेर काम गर्नुपर्ने कैलाली उद्योग वाणिज्य संघकी कार्यकारी निर्देशक गोमा अधिकारीले बताइन्।

कैलाली र कञ्चनपुरमा लागु औषध प्रयोगकर्ताको संख्या प्रदेशमै उच्च रहेको प्रहरी तथ्याङ्कले देखाएको छ।भारतसँगको खुला सीमानाको फाइदा उठाएर लागु औषध बिक्री वितरण र प्रयोग गर्ने गिरोहले ओसारपसार गर्ने गरेको छ। लागु औषधको ओसारपसार र प्रयोग नियन्त्रण गर्न प्रहरी निर्मम भएर काम गर्ने प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक अशोक सिंहले बताए।लागु औषधको कुलतका कारण परिवार, समाज र राष्ट्रकै प्रगति र उन्नतिमा आघात पुग्ने भएकाले नियन्त्रणका सबै उपाय अपनाउनुपर्ने कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेले बताए। 

प्रदेशमा औषधि बिक्रेताहरूका कारण पनि ड्रगको पहुँच र प्रयोगमा किशोरकिशोरी र युवाहरूलाई सहज भएको बताइएको छ। औषधि बिक्रेताहरूले चिकित्सको सिफारिस बिना लागु औषधको रुपमा दुरुपयोग हुने औषधि बिक्रीमा पूर्ण रोक लाग्नुपर्ने हुन्छ।

तर, ‍अधिकृत औषधि बिक्रेताले गाउँघरमा सञ्चालनमा रहेका मेडिकल तथा क्लिनिकलाई विशेषज्ञ चिकित्सको सिफारिसमा बिक्री गर्नुपर्ने औषधि पनि बेच्ने गरेको बताइएको छ। यस्तै भारतबाट सीमावर्ती गाउँमा खोलिएका मेडिकल तथा क्लिनिकमा प्रतिबन्धित औषधिको कारोबार हुने गरेको छ।सुदूरपश्चिममा ठुलो संख्यामा भारतबाट लागु औषध भित्र्याएर गरेर बिक्री वितरण हुने गरेको छ। 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै