नेभिगेशन
सुदूरपश्चिम

साइपाल गाउँपालिकामा गाउपालिका स्तरीय अध्यक्ष कप रनिङ शिल्ड प्रतियोगिता सञ्चालन

बझाङ : साइपाल गाउँपालिकामा गाउपालिका स्तरीय अध्यक्ष कप रनिङ शिल्ड प्रतियोगिता सञ्चालन भएको छ । गाउँपालिकाको काडा माबि काडामा साइपाल गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामाबुधबारबाट उक्त प्रतियोगिता शुरु भएको हो । प्रतियोगिता  शुक्रबार सम्म चल्ने छ । प्रतियोगितामा ५ वटा बिद्यालयको सहभागीता रहकेो छ । साइपाल गाउपालिका शिक्षा संयोजक खडक बुढाको अध्यक्षतामा उक्त प्रतियोगिता सञ्चालन गरीएको थियो । कार्यक्रममा प्रमुख अतिथी गाउपालिका अध्यक्ष मान बहादुर बोहरा रहनुभएको थियो भने बिशिष्ट अतिथी गाउपालिका उपाध्यक्ष डोल्मा तामाङ रहनुभएको थियो।

प्रतियोगिताको उद्घाटन गर्दै गाउपालिका अध्यक्ष मान बहादुर बोहराले विद्यार्थीको अन्तर्निहित प्रतिभालाई उजागर गर्नको लागि यसले मद्धत गर्ने बताउनुभयो । बिद्यार्थीहरु किताबी ज्ञानमा मात्रै नभएर हरेक क्षेत्रमा सक्ष्म हुन आवश्यक भएकाले बिद्यार्थीहरुको संर्वांगिङ्ग विकासको लागि खेलकुद गतिविधि सञ्चालन गर्दै आएका उहाले बताउनुभयो ।

कार्यक्रममा बोल्दै शिक्षा संयोजक बुढाले ‘खेल जित्नको लागि मात्रै होइन्, स्वास्थ्यका लागि पनि खेल त्यतिकै आवश्यक रहेको भन्दै पछिल्लो समय खेल क्षेत्रमा तीनै तहका सरकारले लगानी बढाउदै गएको अवस्थामा बिद्यालय स्तरका बिद्यार्थीहरुलाई फुर्तिलो र अन्तर्निहित प्रतिभाको उजागर गर्न मद्धत गर्ने उहाँको भनाई छ ।
कार्यक्रममा बोल्दै गाउपालिका उपाध्यक्ष तामाङले विद्यार्थीमा उर्जा पैदा गर्न र हौसला प्रदान गर्नको लागि खेलकुदको महत्व रहेको बताउनुभएको छ । खेल जित र हारको लागि मात्रै नभएर बिद्यार्थी,बिद्यालय र वडाहरुको विचको आपसी सद्भाव र आपसी मेलमिलापको संन्देश प्रवाह गर्नको लागि पनि महत्वपुर्ण भएको बताउनुभयो । प्रतियोगिता स्वास्थ्यका लागी खेलकुद ,राष्ट्रका लागी खेलकुद भन्ने नाराका साथ शुरु भएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै