नेभिगेशन
सुदूरपश्चिम

जिल्लाको शान्ति सुरक्षाको व्यवस्था नागरिकले महसुस गर्ने गरी काम गर्छु : प्रजिअ पाण्डे

जिल्ला प्रशासन कार्यालय बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले जिल्लाको शान्ति सुरक्षालाई पहिलो प्राथमिकतामा राखिने बताए । केही दिनअघि जिल्ला प्रशासन कार्यालय बझाङमा सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी पाण्डेले जिल्लाको शान्ति सुरक्षाको व्यवस्था नागरिकले महसुस गर्ने गरी कायम गर्ने बताएका हुन् । मंगलबार जिल्ला प्रशासन कार्यालय बझाङमा पत्रकारसंँगको अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पाण्डेले जिल्लाको शान्ति सुरक्षाको विश्वासनीयतासँगैै सुशासन कायम गर्न आफू सधै लागि पर्ने बताए । आफुले अन्य जिल्लाहरुमा पनि प्रमुख जिल्ला अधिकारीको रुपमा काम गरिसकेकाले जिल्लाको सम्रग विकासका लागि आफूले सबैको साथ सहयोग पाउने प्रमुख जिल्ला अधिकारी पाण्डेले विश्वास व्यक्त गरेका छन् ।


अधिकारी पाण्डेले बझाङ जिल्लालाई शान्ति सुरक्षा एवंम सुव्यवस्थीत बनाउन ‘हाम्रो सान, हाम्रो बझाङ’ भन्ने आफुले संङ्कल्प लिएको बताए । उनले कालो बजारी, अपराध र भ्रष्टाचार आफुले शुन्य सहनशिलतामा राखेको भनाई छ । ताक्लाकोट नाकाको विषय, वजार अनुगमन, कर्मचारी अनुगमन, यातायात व्यवस्थापन लगायतका क्षेत्रको सुधारको योजनालाई आफूले विशेष तरिकाले अगाडि बढाउने समेत प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए । साथै उक्त अन्तरक्रिया कार्यक्रममा सहभागि पत्रकारहरुले पनि जिल्लाको शान्ति सुरक्षा सुव्यवस्थीत बनाउने विषयमा आ–आफ्ना सुझावहरु दिएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै