नेभिगेशन
सुदूरपश्चिम

आजबाट बान्नीकी चैतली मेला सुरु, चारै नाका र मेलास्थलमा व्यापक सुरक्षाकर्मी खटाइयो

बझाङ : बझाङ तथा सुदुरपश्चिम प्रदेशकै प्रशिद्ध भनेर चिनीने बझाङको धार्मीक बान्निकी चैतली मेला रोक्नका लागि जिल्ला प्रशासन कार्यलयले प्रहरी परिचान गरेको छ।

कोरोनाको दोस्रो लहर ग्रामिण बस्तिमा फैलन सक्ने खतराई मध्यनजर गर्दै यसको रोगथामका लागी प्रशासन पुर्व तयारीमा लागेको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले जानकारी दिए। 

मेलामा भिडभाड हुन नदिन भन्दै करिब तीन दर्जन प्रहरी परिचालन गरिएको र प्रवेश नाकाहरु भाँडे, जयपृथ्वी नगर लगायत सबै ठाउँमा सुरक्षा व्यवस्था कडा गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

नेपाल सरकारले गरेको निर्णयलाई पालन गर्नका लागी आफुहरु तयार रहेको र मेला नलाग्ने बताउदै प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले शशस्त्र प्रहरी, नेपाल प्रहरी परिचालन गरीएको बताएका छन्।

पुजा आराधाना मात्रै गर्न मिल्ने गरी स्थानीय तहलाई व्यवस्था मिलाउन आफूहरुले आग्रह गरेको अधिकारीले जानकारी दिए। 

हरेक वर्ष होली पूर्णिमादेखि सुरु हुने बान्नीकी चैतली मेला चैत्र शुक्ल पूर्णिमासम्म लाग्ने गर्छ ।  बझाङको छविस पाथिभरा गाउँपालिका वडा नम्बर ३ को बान्नी चौरमा मेला हेर्न दर्शनार्थी भेला हुने गर्छन् । 

स्वास्थ्य मापदण्ड उलङ्घन गर्ने र मेलामा २५ जनाभन्दा बढी भीडभाड भए कारबाही हुने पनि प्रजअ अधिकारीले बताए । यसवर्ष बान्नीकी चैतलीमा पूजाआराधना गर्नका लागी छविस पाथिभेरा गाउँपालिकाबाट रोजगारीका लागि भारत गएका धेरैजसो घर फर्किएका छन् । गएको वर्ष लकडाउन भएकै बेला मेला लागेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै