नेभिगेशन
सुदूरपश्चिम

दुर्घटनाग्रस्त विमानमा लागेको आगो निभाउनै तीन घण्टा लाग्यो, उद्धारको काम चल्दै

पोखरामा भएको यति एअरलाइन्सको विमान दुर्घटनामा उद्धारको काम भइरहेको छ । अप्ठ्यारो खोँच र मान्छेको भिडले उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ । समयमै दमकल पुग्न नसक्दा आगो निभाउन नै झन्डै तीन घण्टा लागेको छ ।

पोखराको पृथ्वी चोकबाट सेती नदीको किनार रहेको बाटोका साथै बुद्ध चोकबाट आगो निभाउनका जाने दमकल एवम् पानीका ट्याङ्कर पुर्‍याउनसमेत समस्या भएको उद्धारमा खटिएका सुरक्षाकर्मीले बताएका छन् । भिडभाडका कारण दुर्घटनास्थलमा मोबाइल सम्पर्क पनि असहज बनेको छ । अहिले आगो निभाइएको र खोजी तथा उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रका अनुसार विमान पोखरा टावरसँग बिहान १० बजेर ५० मिनेटमा सेती खोँच भन्ने ठाउँमा सम्पर्कमा आएको र त्यसपछि दुर्घटना भएको हो । विमान काठमाण्डौ विमानस्थलबाट बिहान १० बजेर ३३ मिनेटमा पोखराका लागि उडान भरेको थियो । 

उद्धारका लागि दुई वटा हेलिकप्टर परिचालन गरिएको छ । काठमाण्डौ तथा पोखरा विमानस्थलमा खोजी तथा उद्धार कार्यका लागि थप हेलिकोप्टरहरू तयारीका साथ राखिएको र स्थल मार्गबाट खोजी कार्यका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, विमानस्थलको ुरेस्क्यु एन्ड फायर फाइटिङु तथा नेपाल प्रहरीसमेत संलग्न भइ उद्धार भइरहेको केन्द्रले जानकारी दिएको छ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै