नेभिगेशन
सुदूरपश्चिम

रायल–उत्गडी सिमार झोलुङ्गे पुल : जोखिम मोलेर सेती वारपार

बझाङको थलारा–४ ठिङ भन्ने स्थानका रामबहादुर बोहरा, बिरामी शिशु बोकेर रायल–उत्गडी सिमार झोलुङ्गे पुल तर्दै थिए। सँगसँगै श्रीमती सीता बोहरा पनि थिइन्। स्वास्थ्य चौकीमा बिरामी शिशुको उपचार गराएर घर फर्किरहेका रामबहादुर बोहराकी श्रीमती सीता पुलको फल्याकसहित सेतीमा खसिन्।

कात्तिक १० गतेको घटना हो यो। दर्किरहेको झरी, उर्लिरहेको सेतीको भेल, काखमा शिशु समातेका रामबहादुरका अगाडि रामराम भन्नबाहेक केही उपाय थिएन्। छोरालाई छाता ओढाइरहेका बेला सीता सेतीमा खसेकी हुन्।

कात्तिक पहिलो साता आएको भीषण वर्षाले बझाङमा ठूलो धनजनको क्षति गरेको थियो। त्यस दिन पनि भीषण पानी परिरहेको थियो। बच्चा समातेका रामबहादुर आँखै अगाडि श्रीमती खसेपछि अत्ताएलिए। साँझको बेला हातमा बच्चा भएकाले केही गर्न सकेनन्। तल हर्दा सेती नदी उर्लिरहेको थियो। उनी त्यहाँबाट रुँदै घर फर्किए।

स्थानीय र सुरक्षाकर्मीहरूले धेरै खोजे पनि सेती नदीको बहाब धेरै हुँदा सीतालाई भेटाउन सम्भव भएन। त्यसबेला सेती नदीमा आएको बाढीले सिमार झोलुङ्गे पुलका फ्ल्याक निकै कमजोर भएका थिए। पुलका नट बोल्डहरू बगेकाले अहिले पनि पुल निकै जीर्ण बनेको छ।

पुल जीर्ण भएको एक वर्ष बढी भए पनि स्थानीय सरकार, प्रदेश सरकार मौन रहेको थलारा–२ का देवेन्द्र सायरले बताए। हाल पुलमा काठका फ्ल्याक र ग्याबिन जाली बिच्छयाइए पनि अझैं त्रास लिएर पुल तर्नुपर्ने बाध्यता रहेको थलारा–४ डिख्लाका बिर्ख बोहराले बताए।

‘हाम्रो सेती नदी तर्ने मुख्य बाटो त्यही हो। दुःखी, बिरामीलाई अचेल अर्कै ठाउँबाट लैजानुपर्ने बाध्यता छ। हामीले पनि झुन्डिएर खुट्टा कमाएर हिँड्ने गरेका छौं। थलारा २ र ४ का बासिन्दा हिँड्ने बाटो बन्द भएपछि लामो बैकल्पिक बाटो जानुपर्ने बाध्यता छ’ बोहराले भने।

उक्त पुलबाट थलारा २ का बगडा, कफलकाँडा, दंगार्जी, थापा गाउँ, थलारा–४ का ठिङ, डिख्ला, गढीगाउँलगायतका बासिन्दा र केदारस्युँ गाउँपालिकाको रायलका बासिन्दा वारपार गर्ने गर्छन्। उक्त पुल सदरमुकाम चैनपुर र जयपृथ्वी राजमार्र्ग जोड्ने पुल हो। थलारा गाउँपालिका वडा नम्बर २ र ४ का बासिन्दा नजिकका बजार झोता, देउरा जान परे यसै पुलबाट आवतजावत गर्ने गर्छन्। बिरामीलाई पनि झोता, देउरा र सदरमुकाम चैनपुर ल्याउन परे यसै पुलबाट लैजाने गर्छन्।

‘एक जनालाई बली चढाए जस्तै भएको छ यो पुलमा। अझैं सम्बन्धित निकायले चेतेका छैनन्। देउराको पुल त बग्या नै अब एउटा मयलको पुल बाँकी छ। त्यो पुल सबैको पायक पर्दैन्’ थलारा–२ बगाडाका गणेश सायरले भने। गाउँपालिका उपाध्यक्ष रामबहादुर खातीले चाँडै मर्मत गरिने बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै