नेभिगेशन
सुदूरपश्चिम

कालंगा गाड जलविधुत आयोजनाबाट बिजुलीको उत्पादन सुरु

निजी क्षेत्रको लगानीमा निमार्ण सम्पन्न भएको कालंगा गाड जलविधुत आयोजनाले आज बाट औपचारिक रुपमा विजुलीको उत्पादन सुरु भएको छ ।

बुङगल नगरपालिका र वित्थडचिर गाँउपालिका अन्र्तगत निमार्ण सम्पन्न भएको आयोजनाले आज बाट १५ मेगावाट विधुत उत्पादन गरी १३२ केभी प्रसारण लाईमा जोडिएको छ ।

वित्थडचिर गाँउपालिका वडा नं ८ रुपैल बाट चमेलिया जलविधुत आयोजनाको सव स्टेशन सम्म १३२ केभी प्रसारण लाईमा विधुत पठाई परिक्षण सुरु गरिएको आयोजना कार्यालयले जनाएको छ ।

आयोजनाले १३२ केभी प्रुसारण लाईन चमेलियामा जोडेका ले प्रसारण लाईनको टावर भएको ठाँउवरपर आवतजावत नगर्न पनि सबैलाई जानकारी गराएको छ ।  बुङल क्षेत्रमा निमार्णाधिन माथिल्लो कालंगा जलविधुत आयोजना, सानीगाड जलविधुत आयोजना पनि परिक्षण उत्पादनको तयारीमा रहेका छन ।

२०७३ सालबाट निमार्ण सुरु गरिएको आयोजनाले चाँडै अन्य आयोजनाको पनि परिक्षण उत्पादन सुरु गर्ने तयारीमा रहेको आयोजनाका संचालक विरेन्द्र मल्लले बताउनु भयो । यो आयोजना सुदुरपश्चिममा अहिले सम्मको निजी क्षेत्रबाट निर्माण भएको सबैभन्दा ठुलो जलविद्युत आयोजना भएको बताइएको छ ।

कालंगा जलविद्युत आयोजनामा माच्छापुच्छ्रे, एनएनबी बैङ्क, सिभिल बैङ्क लगायत १० वटा बैंकसंग ऋण लगानी सम्झौता गरी काम सञ्चालन गरिएको थियो । कालंगा बेसिनमा एउटै समूहले ३ जलविद्युत आयोजना एकसाथ निर्माण गरिरहेको छ । यो आयोजना सम्पन्न गर्न करिब ७ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै