नेभिगेशन
सुदूरपश्चिम

मुख्यमन्त्रीसहित नीजि सचिवालयका कर्मचारीको नाममा साढे एक करोड खर्च

बझाङ: सुदूरपश्चिम प्रदेश सरकार गठन गर्दा २०७४÷७५ मा मुख्यमन्त्री त्रिलोचन भट्टको निजी सचिवालय चार सदस्यको थियो। मुख्यमन्त्रीमा भट्ट, प्रमुख स्वकीय सचिवमा शिवसिँह ओली, स्वकीय सचिवमा प्रेमबहादुर कँवर र कार्यलय सहयोगीमा दीपक गड्सिला। दुई आर्थिक वर्षसम्म चार जनाको समूह मुखयमन्त्रीसँग थियो। २०७६÷७७ देखि सवारी चालक दिपेश नेपाली थपिए। २०७७÷७८ मा प्रशासन सहायकमा विकास भट्ट पनि थपिए। मुख्यमन्त्री त्रिलोचन भट्टका छोरासमेत रहेका विकासले तीन आर्थिक वर्षमा सात लाख ४१ हजार ६ सय ८० रुपैया बुझेका हुन्। प्रशासन सहायक भट्टले आर्थिक वर्ष २०७७÷७८ मा पारिश्रमिक र चाडपर्व खर्चमा एक लाख १२ हजार आठ सय, २०७८÷७९ मा तीन लाख ९२ हजार ६ सय र चालु आर्थिक वर्ष २०७९÷८० को मंसिरसम्म दुई लाख ३६ हजार २ सय ८० रुपैयाँ बुझेका हुन्।

 प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले उपलब्ध गराएको तथ्याँक अनुसार प्रमुख स्वकीय सचिव शिवसिँह ओलीले चालु आर्थिक वर्षको मंसिरसम्म २४ लाख ९३ हजार तीन सय ९१ रुपैया पारिश्रमिक तथा चाडपर्व चर्ख बुझेका छन्। आर्थिक वर्ष २०७४÷७५ मा एक लाख ७१ हजार एक सय, २०७५÷७६ मा चार लाख ४४ हजार आठ सय ६०, २०७६÷७७ मा पाँच लाख ५० हजार नौ सय ४०, २०७७÷७८ मा पाँच लाख ५० हजार नौ सय ४०, २०७८÷८९ मा  ६ लाख १६ हजार नौ सय ४० र चालु आर्थिक वर्षको मंसिरसम्म एक लाख ५८ हजार ६ सय ११ रुपैयाँ ओलीले बुझेका हुन्। प्रदेश सभा सदस्यमा विजयी भएका ओलीले मंसिरसम्मको पारिश्रमिक बुझेको मुख्यमन्त्री कार्यालयको अभिलेख छ।
 
मुख्यमन्त्री भट्टका स्वकीय सचिव प्रेमबहादुर कुँवरले २३ लाख पाँच हजार ७ सय ४४ रुपैयाँ मंसिरसम्म बुझेका छन्। आर्थिक वर्ष २०७४÷७५ मा एक लाख ५२ हजार पाँच सय, २०७५÷७६ मा तीन लाख ९६ हजार पाँच सय, २०७६÷७७ मा चार लाख ६७ हजार आठ सय ७०, २०७७÷७८ मा चार लाख ६७ हजार आठ सय ७०, २०७८÷७९ मा पाँच लाख ३५ हजार दुई सय ७० र चालु आर्थिक वर्षको मंसिरसम्म दुई लाख ८५ हजार सात सय ३४ रुपैयाँ कुँवरले पारिश्रमिक मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट बुझेका छन्। मुख्यमन्त्री त्रिलोचन भट्टका कार्यालय सहयोगी दिपक खड्सिलाले अहिलेसम्म १२ लाख ८४ हजार पाँच सय ७२ रुपैया पारिश्रमिक र चाडपर्व खर्च बुझेका छन्। उनले आर्थिक वर्ष २०७४÷०७५ मा ७४ हजार चार सय, २०७५÷०७६ मा दुई लाख ५३ हजा। दुई सय ४०, २०७६÷७७ मा दुई लाख ५३ हजार तीन सय ४०, २०७÷०७८ मा दुई लाख ५३ हजार दुई सय ४०, २०७८÷७९ मा दुई लाख ७९ हजा। दुई सय ४० र चालु आर्थिक वर्ष एक लाख ४८ हजार दुई सय १२ रुपैयाँ भुक्तानी गरिएको हो। मुख्यमन्त्रीका सवारी चालक दिपेश नेपालीले १० लाख ८३ हजार पाँच सय ६२ रुपैयाँ पारिश्रमिक र चाडपर्व खर्च बुझेका छन्। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै