नेभिगेशन
सुदूरपश्चिम

बझाङको सदरमुकाम चैनपुर बजारमा सिसि क्यामेरा जडान

बझाङ: बझाङको सदरमुकाम चैनपुरमा सिसि टिभी क्यामरा जडान गरिएको छ । जयपृथ्वी नगरपालिकाले चैनपुर बजारमा सिसि क्यामेरा जडान गरेको हो । दैनिक चोरीका घटनाहरु बढे पछि त्यसको निगरानी गर्न सिसि टिभी क्यामरा जडान गरिएको बताईएको छ । बजारका मुख्य मुख्य ठाउँहरुमा सिसि क्यामेरा जडान गरिएको जयपृथ्वी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अम्मरराज जोशीले जानकारी दिएका छन् । करिब पाँच लाखको लगानीमा १६ वटा क्यामेरा जडान गरेको उनले जानकारी दिए । बजारमा जोडिएका क्यामेराको कन्ट्रोल जिल्ला प्रहरी कार्यालय बझाङमा रहेको छ । अब चोरी र झै झगडा गर्नेहरुको रेकर्ड सिसि क्यामेराबाट हेर्न सकिने जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी तथा इन्सपेक्टर रमेशदत्त अवस्थीले बताए ।

बजार क्षेत्रमा आवश्यकता अनुसार सिसि क्यामेरा जडान भएपछि प्रहरीलाई पनि सहज भएको अवस्थीको भनाई छ । सदरमुकाम चैनपुर बजारमा सिसि क्यामेरा जडान भएपछि त्यसले सुरक्षित वातावरण बनाउने स्थानीयबासीहरुले बताए । डङ्ुग्री पुल, पानकोट पुल, खुल्ला मञ्च, लोकतान्त्रीक चोक, देविथान मन्दिर, सुर्मा टोल, लगायतका स्थानमा क्यामरा जडान गरिएको छ । सीसी क्यामेराको जडानसँगै सुरक्षित नगरको कार्य थालनी भएको उद्योग वाणिज्य संघ बझाङका अध्यक्ष दान बहादुर सुर्मेलिले बताए । आफुहरुको पहिले देखिको माग नगरपालिकाले सम्बोधन गरेको र सीसी क्यामेराको जडान कार्य महत्वपूर्ण रहेको बताउँदै सुरक्षित सहर निर्माणमा आफूहरू सहकार्य गर्न तयार रहेको सुर्मेलिले बताए । सीसी क्यामेरा जडानसँगै बजार क्षेत्रका व्यापारीहरूले सुरक्षित महसुस गर्ने समेत अध्यक्ष सुर्मेलिको भनाई छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै