नेभिगेशन
सुदूरपश्चिम

सुदूरपश्चिममा फैलिदो अपराध, २६० जना फरार

बझाङ: कैलालीको धनगढीमा विवाहको प्रलोभन देखाएर बच्चा जन्मिएपछि एक पुरुष फरार भए। पीडित महिलाका आफन्तले लामो समय सम्बन्धमा बसेर बच्चा जन्मिएपछि ती व्यक्ति सम्पर्कविहीन भएको गुनासो गरेका हुन्। २०७७ फागुन १९ गते गोदावरी नगरपालिका वडा नम्वर १० का देवहादुर महताले ३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मुद्दा नै दायर गरिएको थियो। जिल्ला अदालत कैलालीले आरोपित महतालाई जन्मकैदको फैसला सुनाएको छ। त्यस्तै धनगढी उपमहानगरपालिका वडा नम्बर १५ उर्माका ४० वर्षीय गुलाब तासले २० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा २०७७ फागुन २४ गते मुद्दा दर्ता गरिएकोमा अदालतले आरोपितलाई २२ गते पुर्पक्षका लागि कारागार चलान गरियो। 

२० वर्षीया अर्की युवतीलाई २०७७ चैत २ गते गौरीगंगा नगरपालिका वडा नम्वर ३ कुचौनीका २४ वर्षीय आयुष चौधरीले शरीर बन्धक र बलात्कार गरेको भन्दै मुद्दा दायर गरिएकोमा अदालतले ८ गते थुनछेक बहसमा आरोपितलाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो। यी त केवल प्रतिनिधि पात्र मात्र हुन्। देशभित्र अपराध बढेको छ। विभिन्न अपराधमा संलग्नहरुको सूची हरेक वर्ष थप हुँदै गएको प्रहरी अभिलेखले देखाएको छ। विशेष गरि जबरजस्ती करणी, बहुविवाह, कर्तव्य ज्यान, चोरी, ठगी, लागुऔषध, मानव बेचबिखन तथा ओसारपसार, बैंकिङ कसुर, चेक अनादर, अपहरण तथा भ्रष्टाचार र नक्कली प्रमाणपत्र लगायत अपराध बढ्दै गएको देखिएको छ। यस्ता विविध अपराधमा संलग्न अधिकांश फरार छन्। प्रहरीले संलग्नहरुलाई खोजी कार्य गरिरहेका छौँ भन्ने बाहेक प्रदेशभित्रको शान्ति सुरक्षा कायम गर्न नसकेको सरोकारवाला बताउँछन्। सुदूरपश्चिमका नौवटै जिल्लामा गरेर दुई सय ३३ पुरुष र २७ महिला गरि दुई सय ६० जना फरार रहेको प्रदेश प्रहरी कार्यालय धनगढीको अभिलेख छ।


सबैभन्दा बढी अपराध कैलाली र त्यसपछि कञ्चनपुरमा हुँदै आएको छ। प्रहरीभन्दा अपराधी बलिया हुँदै गएपछि पटकपटक यस्ता अपराध प्रदेशभित्र दोहोरिने गरेको सरोकारवाला बताउँछन्। फरार प्रतिवादीहरु लामो समयदेखि पक्राउ नपर्नुले अपराधीको मनोबल बढ्दै गएकाले अर्को अपराध गर्नमा समेत उहीँ व्यक्ति पटकपटक संलग्न हुने गरेको उदाहरण प्रदेशभित्र एकपछि अर्को खुल्दै आएको छ। केही वर्षअघिसम्म यस्ता अपराधमा पुरुष मात्र संलग्न हुने गरेकोमा पछिल्लो समय महिलाको पनि संलग्न हुने गरेको देखिएको छ। प्रहरी अभिलेखअनुसार विभिन्न अपराधमा संलग्न २७ महिला अहिले पनि फरार छन्। केही दिनअघि धनगढी र अत्तरियामा भएको गोली काण्डमा संलग्नहरु अझै पक्राउ पर्न सकेका छैनन्। कैलाली प्रहरी अपराध अनुसन्धानमा जसरी खटिनुपर्ने थियो, त्यो हुन नसकेको समाजका अगुवाहरु बताउँछन्। सबैभन्दा बढी जनसंख्या भएको कैलालीमा अपराध न्युनीकरण गर्नु मुख्य चुनौतिको विषय भइरहेको पूर्व सुरक्षा अधिकारीहरुको समेत अनुभव छ। अपराध एकपछि अर्को फैलिदै गएको प्रहरी तथ्याङ्कले देखाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै