नेभिगेशन
सुदूरपश्चिम

बझाङमा बिद्युतीय भुक्तानी प्रणाली  (EFT) लागू 

बझाङ:बझाङमा बिद्युतीय भुक्तानी प्रणाली (EFT) सम्बन्धि अभिमुखीकरण कार्यक्रम सञ्चालन भएको छ।जिल्लाका स्थानीयतहहरुका लागी बिद्युतीय भुक्तानी प्रणाली (EFT) सम्बन्धि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरीएको हो जिल्लाका २ नगरपालिका र १० गाउपालिकाको आयोजना कोष तथा लेखा नियन्त्रण कार्यालयको समन्वय तथा सहजिकरणमा उक्त अभिमुखीकरण कार्यक्रम गरीएको हो ।

कोष तथा लेखा नियन्त्रक कार्यलय बझाङ को सहजिकरण तथा सम्पूणर् स्थानीय तहको आयोजनामा आयोजित बिधुतिय भुक्तानी प्रणाली सम्बन्धि अन्तरत्रिया तथा अभिमुखिकरण कायक्रम बाट बझाङ का सात वटा पालिकामा बिद्दुतिय भुक्तानी प्रणाली (EFT) हिजोबाट लागू गरिएको छ । जसमा जयपृथ्वी नगरपालिका, छविस पाथिभेरा गाउपालिका,मष्टा गाउपालिका,तल्कोट गाउपालिका,सुर्मा गाउपालिका,साइपाल गाउपालिका, बिथ्थड चिर गाउपालिका रहेका छन ।यसको सहजिकरण दोधारा चादनी नगरपालिका का लेखापाल गोविन्द ऐर र जयपृथ्वी नगरपालिका लेखा अधिकृत गोविन्द बिष्ट ले गर्नुभएको थियो । 

पालिकाहरुमा यो प्रणाली लागू भए पछि चेक काट्ने, लेखामा लाइन लाग्न पर्ने, बैंक मा जम्मा गर्न लाइनमा लाग्न पर्ने झन्झट बाट मुक्त हुनका साथै सोझै सम्बन्धित सेवाग्राहीको खातामा जम्मा हुने हुदा स्थानिय तहमा काममा सरलता, प्रभावकारिता ,आर्थिक पार्दशिकता तथा सार्वजनिक सेवा प्रवाहमा चुस्तता हुनेमा विश्वास गरिएको छ ।यो प्रणाली लागू भइसकेपछि आर्थिक सेवा लिने सेवाग्राहीहरु ले जुनसुकै बैंकमा भएपनि खाता चाहिँ अनिवार्य खोल्न पर्नेछ । यो प्रणालीले चेक रहित आर्थिक कारोवार संचालन हुने भएको छ । उक्त अन्र्तरक्रिया कार्यक्रम आज सम्पन्न हुने छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै