नेभिगेशन
सुदूरपश्चिम

धनगढी बसपार्कबाट ब्राउन सुगर सहित २ जना पक्राउ

बझाङ: कैलालीको धनगढी बसपार्कबाट ब्राउन सुगर सहित २ जना पक्राउ परेका छन्। शनिबार बिहान धनगढी उपमहानगरपालिका–४ बसपार्क स्थित चौराहबाट क्याम्पस चोक तर्फ जादै गरेको मोटरसाइकलमा चेकजाँच गर्दा ब्राउन सुगर सहित २ जना पक्राउ परेका हुन। से ५ प ९३७१ नम्बरको मोटरसाइकलमा चेकजाँच गर्दा फुलवारी बस्ने चालक २५ वर्षीय प्रताप ओखेडा र सोही मोटरसाइकलमा सवार २५ वर्षीय मनोज बिक ब्राउन सुगर सहित प्रक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।


जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीले चालकको खल्तीमा रहको ब्लु बुकको कवर भित्र सेतो प्लाष्टिकले बेरिएको एक पोका ४१० मिलिग्राम ब्राउन सुगर फेला परेको बताए। दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको डीएसपी जोशीले बताए।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै