नेभिगेशन
सुदूरपश्चिम

सुदूरपश्चिममा शपथ ग्रहण आज, ६ सदस्यले मातृ भाषामा सपथ लिदैँ

बझाङ: सुदूरपश्चिम प्रदेशसभा सदस्यको शपथ ग्रहण आज दिउँसो हुने भएको छ। प्रदेशसभाको ज्येष्ठ सदस्यका हैसियतले अछाम निर्वाचन क्षेत्र नम्बर १ को (२) बाट निर्वाचित सांसद मानबहादुर रावलले अन्य ५२ जना सांसदहरुलाई शपथ गराउने भएका हुन्। त्यसअघि प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम प्रदेश प्रमुख देवराज जोशीले ज्येष्ठ सदस्य मानबहादुर रावललाई शपथ ग्रहण गराउने कार्यक्रम तय गरिएको छ। प्रदेशसभाको बैठक दिउसो १ बजे राखिएको प्रदेशसभा सचिवालायले जानकारी गराएको छ। सभामुख र उपसभामुखको निर्वाचन नहुन्जेलसम्म कार्यवाहक सभामुख भएर बैठकको अध्यक्षता तथा सञ्चालन रावलले गर्नेछन्। शपथका लागि सभाहल व्यवस्थापन लगायतको तायरी पूरा भएको छ।


प्रदेशसभा सदस्यहरुका लागि नेपाली र मातृभाषामा शपथ ग्रहण गराउने व्यवस्था गरिएको छ। नागरिक उन्मुक्ति पार्टीका ५ जना र नेपाली काँग्रेसकी समानुपातिक प्रदेश सभा सदस्य गीता चौधरीले मातृ भाषामा शपथ ग्रहणका लागि नाम टिपाएको प्रदेश सभा सचिवालयले जनाएको छ। प्रदेश सभाका ६ जना सदस्य बाहेक अन्यले भने नेपाली भाषामा शपथ ग्रहण गर्नेछन्। शपथ ग्रहणपछि प्रदेश सभा सचिवालयले चियापान तथा बधाई ज्ञापनको कार्यक्रमसमेत राखेको छ। सुदूरपश्चिममा नेपाली काँग्रेसका १९, माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा (एकीकृत समाजवादी)का ४, राप्रपाका १ र १ जना स्वतन्त्र प्रदेशसभा सदस्य निर्वाचित भएका छन्। प्रदेशमा ३२ प्रत्यक्ष र २१ समानुपातिक गरेर ५३ जना प्रदेश सभा सदस्य निर्वाचित हुने व्यवस्था छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै