नेभिगेशन
सुदूरपश्चिम

प्रचण्ड सरकारको कार्यक्रम कुर्दै भीम रावल, कम्युनिस्ट एकताबारे नो कमेन्ट

बझाङ: पूर्व उपप्रधानमन्त्री तथा नेकपा (एमाले) का नेता डा. भीम रावलले नयाँ सरकार निर्माणको विषयलाई नियालिरहेको बताएका छन्। बुधवार दिनेश खबरसँग कुरा गर्दै रावलले यस्तो बताएका हुन्। एमालेका पूर्व उपाध्यक्षसमेत रहेका रावलले आफू अहिले नयाँ सरकार गठनको प्रक्रियालाई वाच गरिरहेको बताए। उनले भने, ‘अहिले म यो सरकार गठनको सबै कुरा हेर्दै छु। सबै घटना र दृश्य, परिदृश्य वाच गरिरहेको छु।’ उनले थपे, ‘अहिलेलाई यत्ति गरौं। मैले यो नयाँ (साझा) सरकारको न्यूनतम साझा कार्यक्रम हेर्छु। म त्यसलाई नै पर्खिरहेको छु।’


आफूले सरकार निर्माणको गठजोड र त्यसका राजनैतिक पटाक्षेपहरुमा चासो नराखेको रावलको जिकिर छ। यस्तै कम्युनिस्ट एकताको फेरि पनि चर्चा हुन थालेको छ यसबारे के भन्नुहुन्छ ? भन्ने प्रश्नमा भने रावलले कुनै प्रतिक्रिया जनाएनन्। उनले कम्युनिस्ट एकताको चर्चाबारे आफ्नो कमेन्ट नै नरहेको जनाउँदै आफू यसबारे पछि बोल्ने बताए। 
तत्कालीन नेकपा विभाजनपछि छिन्नभिन्न भएका कम्युनिस्टहरु फेरि एक हुने भन्दै चर्चा थालिएको छ। तत्कालीन नेपाली काँग्रेस नेतृत्वको सत्ता गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रले गठबन्धन तोडेर एमालेसँग सहमति गर्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’ नयाँ सरकारको प्रधानमन्त्री बनेपछि एकताको संकेत देखिएको हो। उसो त प्रचण्ड नेतृत्वको सरकारलाई सात दलको सर्मथन छ। तर, फेरि एमाले, माओवादी लगायतका कम्युनिस्ट शक्तिहरुबीच एकताको सम्भावना रहेको नेताहरु बताउँछन्।

माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी पनि कम्युनिस्ट एकताको लागि सकरात्मक देखिन्छ। नेपालसँग एमालेका दोस्रो तहका नेताहरुले यसबारे छलफल समेत गरिरहेका छन्। नेकपा विभाजनपछि कम्युनिस्टहरु एकीकृत हुनुपर्छ भन्दै आफूले भूमिका खेलेको दाबी गर्ने रावल भने अहिले यस विषयमा मौनजस्तै भएका हुन्। २०७८ मंसिरमा चितवनमा भएको नेकपा (एमाले) को १०औँ महाधिवेशनमा केपी शर्मा ओलीविरुद्ध अध्यक्षमा उम्मेदवारी दिएका रावल पछिल्लो समय नेपाली राजनीतिमा निष्क्रियसमेत बनेका छन्। ओलीसँग अध्यक्षमा पराजित भएका रावलले हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा अछाम क्षेत्र नम्बर–२ बाट चुनाव लड्न चाहेका थिए।
तर, , एमालेको क्षेत्रीय, जिल्ला र प्रदेश कमिटीले समेत प्रतिनिधिसभा उम्मेदवारको लागि सर्वसम्मत सिफारिस भएका रावलले टिकट नै पाएनन्। पार्र्टी ओलीले रावललाई उम्मेदवार बनाउन अस्वीकार गरेका थिए। त्यहाँ रावलको टिकट खोसेर पूर्व माओवादी खेमाका अर्का नेतालाई उम्मेदवार बनाइएको थियो। त्यसपछि एमालेमै बसेर ओलीविरुद्ध संघर्ष गर्ने घोषणा गरेका रावल पार्टी र राजनीतिमा बिस्तारै निष्क्रिय बन्दै गएका हुन्। तर, उनले बेला बेला राजनैतिक तथा सामाजिक विषयवस्तु र मुद्दाहरुमा संचारमाध्यम तथा सामाजिक संजालमा टीप्पणी जनाइरहन्छन्। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै