नेभिगेशन
सुदूरपश्चिम

बझाङमा मृत भेटिएका पुरुषको पहिचान खुल्यो

बझाङ : बझाङमा मृत फेला परेका पुरुषको पहिचान खुलेको छ । गत शनिबार जिल्लाको जयपृथ्वी नगरपालिका वडा न ५ खौलाबगर स्थित सेती नदिको किनारमा मृत भेटिएका पुरुषको आज बुधबार पहिचान खुलेको जिल्ला प्रहरी कार्यलय बझाङले जनाएको छ ।

झापाको गौरादह न‌गरपालिका  वडा न ९ घर भएका विक्रम भुजेल रहेको अनुसन्धानको क्रममा खुलेको छ । भुजेल बझाङको तमैल बजार नजिकै सेती नदिमा निर्माणाधीन पुलमा काम गर्दै आएका थिए  ।

मृतकको शरीरमा चोटपटक लागेकाले भिरबाट लडेर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । आफन्तहरुले शव बुझेर मृतकको दाहसंस्कार गरिसकेको जिल्ला प्रहरी कार्यलय बझाङका सुचना अधिकारी रमेशदत्त अवस्थिले बताउनुभयो  ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

किशोरकिशोरीहरू मोबाइल फोनको अत्यधिक प्रयोग, सामाजिक सञ्जालको प्रभाव र लहडमा आएर विवाह गर्नतर्फ आकर्षित भइरहेका छन्।
भर्खरै