नेभिगेशन
सुदूरपश्चिम

खप्तडछान्ना गाउँपालिकामा निशुल्क आँखा शिविर संचालन हुने


बझाङ : जिल्लाको खप्तड छान्ना गाउँपालिकामा निशुल्क आँखा शिविर संचालन हुने भएको छ । खप्तडछान्ना गाउँपालिका र च्यारिटी हेल्थ फाउन्डेसन नेपालद्वारा संचालित खप्तडछान्ना आँखा उपचार केन्द्रले यहि पुष ११÷१६ गतेसम्म गाउँपालिकाका ७ वटै वडाहरुमा निशुल्क आँखा शिविर संचालन गर्न लागेको हो ।

उक्त शिविर अन्र्तगत पुष ११ गते वडा नं १ को पौवागढी स्वास्थ्य चौकि, १२ गते वडा नं २ को लामातोला स्वास्थ्य चौकि, १३ गते वडा नं ३ को आधारभुत स्वास्थ्य केन्द्र लम्तडा, १४ गते वडा नं ५ को कालुखेती स्वास्थ्य चौकिमा शिविर सञ्चालन हुने भएको छ । यस्तै पुष १५ गते वडा न ६ को पाटादेवल स्वास्थ्य चौकि र १६ गते वडा नं ७ को गडराय स्वास्थ्य चौकिमा शिविर सञ्चालन हुने छ ।

शिविरमा आँखाको चेकजाँच, अप्रेसन र चस्मा उपलब्ध गराउने लगायतका स्वास्थ्य सेवा प्रदान गरिने खप्तडछान्ना स्वास्थ्य चौकी प्रमुख शिवशंकर जोशीले बताउनुभयो । गाउँपालिकामा आँखाको समस्या देखिएका धेरै बिरामी भएका कारण स्थानीयस्तरमै सेवा दिने उद्देश्यले शिविर आयोजना गरिएको बताईएको छ ।खप्तडछान्ना बासीलाई समयमै सेवाको मौका दिन अनुरोध गरिएको छ । स्थानीयस्तरमै शिविर सञ्चालन हुने भएपछि स्थानीयवासी खुशी भएका छन् ।

खप्तडछान्ना स्वास्थ्यचौकिमा दुई महिना अगाडी पनि आँखा शिविर सञ्चालन भएको थियो । उक्त २ दिने निशुल्क आँखा शल्यक्रिया तथा उपचार शिविरमा करिब ६ सय २२ जना आँखाका बिरामीले सेवा लिएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै