नेभिगेशन
सुदूरपश्चिम

सुदूरपश्चिममा बहुविवाह गर्ने १२ पुरुष र ६ महिला फरार

बझाङ: सुदूरपश्चिम प्रदेशभित्र बहुविवाह गर्नेको संख्या बढेको छ। कानुनी रुपमा अपराध मानिएको बहुविवाह गरेर फरार हुनेको संख्या पनि बढ्दै गएको पाइएको हो। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयकाअनुसार बहुविवाह गरेर १२ जना पुरुष र ६ जना महिला फरार छन्। डोटीमा बहुविवाह गरेर एक महिला र एक पुरुष फरार छन्। कञ्चनपुरमा ६ महिला र ९ जना पुरुष तथा कैलालीमा दुई जना पुरुष र एक जना महिला अझै फरार छन् । कानुनतः बहुविवाहलाई अपराध मानिएको छ। घरमा श्रीमती हुँदाहुँदै अर्को विवाह गर्न नपाइने व्यवस्था छ। तर बहुविवाह गरेर फरार भएकाहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

गत आर्थिक वर्ष २०७८÷७९ र चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म गरी १२ जना पुरुष र ६ महिला गरी १८ जना बहुविवाह गरेर अझै फरार छन्। फरार प्रतिवादीलाई प्रहरीले खोजी गरिरहेको छ। नयाँ कानुनमा श्रीमती हुँदाहुँदै दोस्रो विवाह गरेमा स्वतः बदर हुने प्रावधान छ। यस्तै बहुविवाह गरेको ठहर भएमा एकदेखि तीन वर्षसम्मको जेल सजाय हुन सक्ने उल्लेख छ। कानुनले बहुविवाह गरेको ठहर भएका व्यक्ति सरकारी जागरिका लागि समेत अयोग्य हुने स्पष्ट रूपमा उल्लेख गरेको छ। दोस्रो विवाह गरिएको थाहा भएको तीन महिनाभित्र उजुरी गर्नुपर्ने भन्ने पनि स्पष्ट उल्लेख गरिएको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै