नेभिगेशन
सुदूरपश्चिम

बझाङमा एक पुरुष मृत फेला,पहिचान खुल्न बाँकी  

बझाङ: बझाङमा पहिचान नखुलेका एक पुरुष मृत फेला परेका छन् । जिल्लाको जयपृथ्वी नगरपालिका –५ खौलाबगर स्थित सेती नदीको किनारमा शरीरमा चोटपटक लागेको अवस्थामा पहिचान नखुलेका पुरुषको लाश फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

शुक्रबार बेलुकी ५ः४५ बजे स्थानियले जानकारी गराएपछि जिल्ला प्रहरी कार्यालय बझाङबाट प्रहरी टोली खटी गई घटनास्थल शवजाँच मुचुल्का गरी अहिले शव जिल्ला अस्पताल बझाङको शव गृहमा सुरक्षित साथ राखिएको प्रहरीको बताएको छ ।

शवको हुलिया ५ फिट १ ईन्च उचाई रहेको, पातलो शरीर, वर्ण गहुँगोरो, कपाल लामो हल्का घुम्रिएको, मातिल्लो शरीरमा कालो सेतो र खैरो बुट्टेदार सर्ट र तल्लो शरीरमा निलो जिन्स पाईन्ट लगाएको छ । मृतकको आफन्त पहिचान हुन आएमा जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न पनि प्रहरीले अनुरोध गरिएको छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै