नेभिगेशन
सुदूरपश्चिम

नेपाल पत्रकार महासंघ बझाङ शाखाको ८ औ वार्षिक साधारण सभा सम्पन्न

बझाङ: नेपाल पत्रकार महासंघ बझाङ शाखाको ८ औ वार्षिक साधारण सभा सदरमुकाम चैनपुरमा मा सम्पन्न भएको छ । उत्तरदायी पत्रकारीता सक्षम पत्रकार ः श्रममैत्रि सञ्चार सशत्त महासंघ भन्ने मुल नाराका साथ महासंघको ८ औ वार्षिक साधारणसभा चैनपुरमा सम्पन्न भएको हो ।जिल्ला समन्वय समिति बझाङका प्रमुख नर बहादुर बोहोराको प्रमुख आतिथ्यतामा सूरू भएको साधारणसभा सभामा जयपृथ्वी नगरपालिकाका नगरप्रमुख चेतराज बजाल, सहायक प्रमुख जिल्ला अधिकारी प्रमोद चन, डिएसपि जागेश्वर भण्डारी लगायत जिल्ला स्थित सम्पुर्ण पत्रकार तथा संचारकर्मिहरुकोे सहभागिता रहेको थियो ।

पत्रकार महासंघ बझाङका अध्यक्ष शैलेन्द्र रोकायाको अध्यक्षतामा संचालन भएको साधारणसभामा महासंघका साधारण सदस्यहरूको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन सचिव ललित सिंहले गरेका थिए। साधारण सभामा सागाठानीक प्रतिबेदन तथा आर्थिक प्रतेबेदनहरु प्रस्तुत गरिएका थिय ।साधारण सभाको खुला शत्र समापन पश्चात बन्द सत्र पनि आजै समापन भएको नेपाल पत्रकार महासंघ बझाङले जनाएको छ । बन्द सत्रमा सांगाठानिक प्रतिबेदन र आर्थिक प्रतिबेदनका बिषयमा छलफल गरी आगामी कार्यक्रमका बारेमा छलफल गर्दै समापन गरिएको सचिव ललित बहादुर सिहले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै