नेभिगेशन
सुदूरपश्चिम

नगरपालिकालाई बालमैत्रि तथा अपाङ्गमैत्रि बनाउन आवश्यक : नगरप्रमुख बजाल

बझाङ: जयपृथ्वी नगरपालिकामा नगरस्तरीय बालमैत्री स्थानिय शासन समितिको बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रगतीशिल युवा समाज र वल्र्ड भिजनको आर्थिक सहयोग तथा जयपृथ्वी नगरपालिकाको आयोजनामा आज सदरमुकाम चैनपुरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । जयपृथ्वी नगरपालिकाका नगर प्रमुख चेतराज बजालको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा नगरपालिकाका नि. प्रमुख प्रशासकिय अधिकृत नैन बहादुर सिहँ प्रमुख अतिथि रहनुभएको थियो ।

यस्तै अतिथिमा जयपृथ्वी नगरपालिकाका सबै वडाका वडाध्यक्षहरु, प्रगतीशिल युवा समाजका कार्यकारी अधिकृत लवराज जोशी, नगरपालिकाका कार्यपालिका सदस्यहरु,बालकक्षा शिक्षिका,सञ्चारकर्मि लगाएत सबै सरोकारवालाहरुको उपस्थिती रहेको थियो । नगरपालिकालाई कसरी बालमैत्रि बनाउन सकिन्छ भन्ने सल्लाह सुझाव लिन एवम् नगरपालिकालाई बालमैत्रि बनाउन कस्को भुमिका के रहन्छ भन्ने उद्येश्यले उक्त अन्तरक्रिया कार्यक्रम गरीएको प्रगतीशिल युवा समाजका कार्यकारी अधिकृत लवराज जोशीले बताउनुभयो ।

बालमैत्री स्थानिय शासन बनाउन नगरपालिकाको एउटा वडाबाट काम शुरु सुरु गर्ने तथा वडाभित्रका सम्पुर्ण बालबालिकाहरुको प्रोफाइल तयार गर्नुपर्ने पनि अधिकृत जोशीले बताउनुभयो । यस्तै नगरपालिकालाई बालमैत्रि बनाउनु आफ्नो पहिलो प्रथामिकतामा रहेको नगर प्रमुख चेतराज बजाले बताउनुभयो । विद्यालयमा अध्ययन गर्ने सबै बालबालिकाहरुसँग बालकक्षा शिक्षकहरुनै बढि नजिक रहने भएको तर बालकक्षा शिक्षकहरुले नै भने अनुसार तलब नपाउने व्यापक गुनासो बढेको समयमा बालकक्षा शिक्षकहरुको मनोबल उच्च पार्न आफु निर्वाचित भए लगत्तै उक्त शिर्षकमा बजेट बिनियोजन गरेको पनि मियर बजालले बताउनुभयो ।

यस्तै नगरलाई समृद्ध बनाउन बालमैत्रि मात्र नभएर अपाङ्खमैत्रि,दलितमैत्रि बनाउन आवश्यक रहेकाले यस विषयमा आफु संवेदनशिल भएर लागिरहेको र  यस बिषयमा एउटै पक्षलेमात्र लागेर सम्भव नहुने भएकाले आगामि दिनहरुमा सबैले हातेमालो गरेर अगाडी बढ्नुपर्नेमा उहाँले पनि जोड दिनुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै