नेभिगेशन
सुदूरपश्चिम

कञ्चनपुरमा लागुऔषधसहित उपमेयरका छोरा पक्राउ, छुटाउन प्रहरीलाई ‘प्रेसर’

बझाङ: कञ्चनपुरमा एक युवक लागुऔषधसहित पक्राउ परेका छन्। जिल्लाको पुनर्वास नगरपालिका–६ ङ गाउँबाट सशस्त्र प्रहरीले अवैध लागुऔषध (खैरो हेरोइन) सहित उनलाई समातेको हो। प्रहरीका अनुसार पक्राउ परेका ती युवक शुक्लाफाँटा नगरपालिकाकी उपमेयर कल्पना जोशी (पन्त) का ३० वर्षीय छोरा पंकज पन्त हुन्। शनिबार दिउँसो सशस्त्र प्रहरीको पुनर्वासस्थित बर्डर आउट पोष्ट (बीओपी) बाट खटिएको टोलीले पुरानो उनलाई खैरो हेरोइनसहित पक्राउ गरेको थियो। 

भन्सारस्थित चेक प्वाइन्टबाट शुक्लाफाँटा नगरपालिका–११ कलुवापुर घर भएका पन्तलाई पक्राउ गरिएको हो। उनको साथबाट २० दशमलव ४ ग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेपछि उनलाई छुटाउन प्रहरीलाई विभिन्न ठाउँबाट दवाब आइरहेको प्रहरी स्रोतले दाबी गरेको छ। उनलाई छाड्न दवाव दिदै कांग्रेसका शीर्ष नेताहरुको फोन आइरहेको बताइएको छ।

उनको साथबाट से ३ प ८६९१ नम्बरको मोटरसाइकल पनि बरामद गरिएको छ। पन्तले पुनर्वाससँग सीमा जोडिएको भारतको बसहीस्थित मिलन बजारबाट लागुऔषध खरिद गरी ल्याएको प्रहरी अनुसन्धानबाट खुलेको छ। पन्तलाई प्रहरीले थप अनुसन्धानका लागि हिजै इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा बुझाएको थियो। उनी अहिले पनि सोही प्रहरी कार्यालयमा छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै