नेभिगेशन
सुदूरपश्चिम

छबिसपाथिभेरा गाउँपालिकामा सञ्चालित ३ दिने आँखा शिविर सम्पन्न 

आँखा शिविर बाट १ हजार ४ सय ६४ जना विद्यार्थीले आँखा चेकजाँच गराएका छन् ।

बझाङ: बझाङको छबिस पाथिभेरा गाउँपालिकामा १९ गतेबाट सुरु भएको ३ दिने आँखा शिविर सम्पन्न भएको छ । आँखा शिविर बाट १ हजार ४ सय ६४ जना विद्यार्थीले आँखा चेकजाँच गराएका छन् । यहि मंसिर १९ गते देखि सुरु भएको आँखा शिविर आज सकिएको हो । पहिलो दिन सोमबार छबिस पाथिभेरा गाउँपालिका– ६ को बाठपाली माध्यमिक विद्यालयमा, भएको शिविरमा ५ सय ५२ जनाले आँखा चेकजाँच गराएका छन् ।

मंगलबार शान्ति माध्यमिक विद्यालय चौघानपाटामा भएको शिविरमा ४ सय ३२ जनाले र आज जनप्रीय माध्यमिक विद्यालय बगडगाउँमा भएको शिविरमा ४ सय ८० जनाले आँखा चेकजाँच गराएको छबिस पाथिभेरा गाउँपालिका प्रवक्ता तथा १ नम्बर वडाका वडाअध्यक्ष करनजंग बहादुर सिंहले जानकारी दिनुभयो ।

प्रवक्ता सिंहका अनुसार जम्मा १ हजार ४ सय ६४ जना विद्यार्थीले आँखा परिक्षण गरेका हुन् । चेकजाँच गराएका  मध्ये ३१ जनालाई चस्मा वितरण गरिएको हो । छबिस पाथिभेरा गाउँपालिकाको आँखा उपचार केन्द्र र गेटा आँखा अस्पताल संगको  सहकार्यमा आँखा शिविर संचालन गरिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै