नेभिगेशन
सुदूरपश्चिम

नेपाल टेलिकम बझाङबाट पनि इ–सिम वितरण सुरु

बझाङ:- नेपाल टेलिकमले बझाङले पनि आज बाट ग्राहकहरूलाई निःशुल्क इ–सिम वितरण सुरु गरेको छ । फिजिकल सिम प्रयोग गरिरहेका ग्राहकहरूले पोस्टपेड र प्रिपेड सिम हाल प्रयोग गरिरहेकै नम्बरलाई निःशुल्क इ–सिममा परिवर्तन गर्न सकिने नेपाल टेलिकम बझाङले जनाएको छ । प्रिपेडको हकमा पुरानै प्रयोगमा भएको नम्बरलाई ई सिम बनाईने भएको छ भने नयाँ पोस्टपेड सिम लिन चाहने ग्राहकले भने बिक्री मूल्यमै इ–सिम पाउने भएको छन ।

आज पहिलो दिन सदरमुकाम चैनपुरका एक व्यापारी रामदत्त भट्टले ई सिम प्रयोग गर्नु भएको छ । यो सिमले मोवाईलमा सिम हालि रहनु पर्ने झन्झट हटेको छ । क्यूआर कोडको सुविधा भएका पछिल्लो पुस्ताका मोबाइल सेटमा मात्र इ–सिम प्रयोग गर्न सकिने छ । आफ्नो मोवाईलमा इ सिम चल्छ चल्दैन भन्ने थाहा पाउन आफ्नो मोबाइलबाट ८३ण्ट३ डायल गर्नुपर्दछ ।

यसरी डायल गर्दा मोवाईलमा इआइडी लेखिएको संकेत सहित नम्बरहरू देखियो भने उक्त सेटमा इ–सिम चल्छ भनी थाहा पाउन सकिने जनाईएको छ । मोबाइल सेटमा इ–सिम इन्स्टल गर्नका लागि क्यूआर कोडमार्फत स्क्यान गर्नुपर्छ । सिम लिनु भन्दा पहिले पहिले आफ्नो मोबाइल सेटमा इ–सिम चल्ने÷नचल्ने यकिन गरेर मात्र इ–सिमका लागि नेपाल टेलिकम शाखा बझाङमा आउन अनुरोध गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै