नेभिगेशन
सुदूरपश्चिम

भारतको खलङ्गा बगाउने योजनामा 'ब्रेक'

बझाङ: भारतले एकलौटी रुपमा महाकालीमा संरचना निर्माण गर्न रोकेको छ। नदीको बाहउ नेपाल तिर धकेल्ने संरचना निर्माण नगर्न भारत तयार भएको हो। तत्कालको लागि विवादीत संरचना निर्माणको काम रोकिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।  नेपाली नागरिकको आन्दोलनपछि नदीको बहाउ नेपालतर्फ धकेलेर भारतले निर्माण थालेको पक्की संरचनाको काम रोकिएको हो। 


दुवै देशका अधिकारीहरूको छलफलमा भारतीय पक्षले हाललाई उक्त काम रोक्न तयार भएको जनाएको छ। भारत पिथौरागढ प्रशासनका एडीएमसहितका प्रतिनिधि र दार्चुलाका प्रमुख जिल्ला अधिकारीले सोमबार त्यसबारे छलफल गरेका थिए। छलफलमा दुई देशका प्रतिनिधि सम्मिलित संयन्त्र बनाएरमात्रै काम अघि बढाउने सहमति भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए। उनका अनुसार विवादित क्षेत्रको तट्बन्ध निर्माणको काम रोकिएको हो। उनले भने, ‘मौखिक सहमति भएको हो। विवाद रहेको क्षेत्रमा काम नगर्न भनेका छौ। बाँकी क्षेत्रमा उहाँहरुको काम जारी छ।’

 
प्रमुख जिल्ला अधिकारी उपाध्यायका अनुसार प्राविधिक, स्थानीय राजनीतिक दल र प्रशासनका प्रतिनिधि सम्मिलित संयन्त्र बनाएर त्यसका आधारमा निर्माण गर्ने सहमतिसमेत भएको छ। उनले केन्द्रीयबाट सहमति हुनुपर्ने बताए। आइतबार भारतीय पक्षले नदीको बहाउ नेपालतर्फ सारेर तटबन्ध बनाउन थालेपछि नेपालीले त्यसको प्रतिकार गरेका थिए। विरोधपछि निमार्ण कार्य तत्कालका लागि ब्रेक लागेको (रोकिएको) हो। ढुङ्गा हानाहान हुँदा ४ जना बालक घाइते भएका थिए। स्थानीयले झोलुङ्गे पुलको प्रवेश दवारमा  ताला लगाएका थिए। आवतजावत बन्द भएको थियो। भारतीय पक्षबाट पटकपटक महाकालीको बहाउ नेपालतर्फ धकेलेर खलङ्गा बजार बगाउन खोजिएको स्थानीयको गुनासो छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै