नेभिगेशन
सुदूरपश्चिम

नेश्नल लाइफ इन्स्योरेन्स कम्पनी बझाङ शाखाद्धारा बीमा सम्बन्धी सचेतना कार्यक्रम

बझाङ: नेश्नल लाइफ इन्स्योरेन्स कम्पनीको बझाङ शाखाले बझाङ जिल्लाको दुइ वटा विध्यालयमा बीमा सम्बन्धी सचेतना कार्यक्रम गरेको छ । जयपृथ्वी नगरपालिकाको भोपुरमा रहेको सत्यवादी माध्यामिक विध्यालय र केदारस्युँ गाँउपालिकाको झोतामा रहेको भैरव माध्यामिक विध्यालय झोतामा बीमा सम्बन्धी सचेतना कार्यक्रम गरेको छ ।

बीमा सम्बन्धी सचेतना विस्तार गर्ने, बीमा दाबी सम्बन्धी समस्याहरु छिटो निराकरण गर्ने उदेश्य राखी कार्यक्रम आयोजना गरिएको नेश्नल लाईफ ईन्इस्योरेन्स कम्पनि लि. बझाङ शाखाका प्रमुख बसन्त प्रसाद खत्रीले जानकारी दिनुभयो । उक्त कार्यक्रममा विध्यार्थी र शिक्षकहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमका वक्ताहरुले बीमा सम्बन्धी अनुभव, बीमा दावी सम्बन्धी गुनासो, यस्तो कार्यक्रम सदरमुकाममा मात्र नभएर गाउँ गाउँमा गर्नुपर्ने आदि विचार राखेका थिए । साथै उक्त कार्यक्रममा दुबै विध्यालयका सबै शिक्षकहरुको म्यादी विमा बनाउनुका साथै, विध्यार्थीहरुलाई टिसर्ट, शिक्षकलाई डायरी उपलब्ध गराएको छ । आफुलाई बाल्यकालमा अध्यापन गराएको भन्दै सत्यवादी विध्यालयका ब्यवस्थापन समिती अध्यक्ष रहनुभएका इश्वरनाथ जोशीलाई इन्स्योरेन्सका कार्यकारी प्रमुख अधिकृत सुरेस प्रसाद खत्रीले दोसल्ला ओडाएर सम्मान पनि गर्नुभएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै