नेभिगेशन
सुदूरपश्चिम

बझाङमा भीरबाट लडेर एक महिला घाइते 


बझाङमा भीरबाट लडेर एक महिला घाइते भएकी छन् । जिल्लाको सुर्मा गाउँपालिका वडा नं ५ कि २७ वर्षिया मालती बोहरा आज बिहान घर नजिकै घाँस काट्ने क्रममा भिरबाट लडेर घाइते भएकी हुन् ।


बोहोराको गाउँ नजिकैको पातिलेक भन्ने जङ्गलमा घाँस काट्ने क्रममा चिप्लेर लड्दा घाइतेको टाउकोमा गम्भीर चोट लागेको बताइएको छ । घाइते महिलाको जिल्ला अस्पताल बझाङमा उपचार हुन नसकेपछि धनगढी रेफर गरिएको जिल्ला अस्पताल बझाङले जनाएको छ।

घाइतेको टाउकोमा गम्भीर चोट लागेको  र आर्थिक अबस्था निकै कमजोर भएकाले घाइतेको उपचारका लागि सहयोग गरिदिन घाइते महिलाका श्रीमान् धर्बिन्द्र बोहराले अपिल गरेका छन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै