नेभिगेशन
सुदूरपश्चिम

कैलाली-२ मा माओवादीका बडुवालको ८२९० मत, एमालेका रावल दोस्रो स्थानमा

 बझाङ: कैलाली निर्वाचन क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका उम्मेदवार भगत बडुवालको अग्रता छ। मतगणनाको सुरुवातदेखि अग्रता लिइरहेका नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार अरुण चौधरी तेस्रो स्थानमा झरेका छन्।
 
नेकपा एमालेका उम्मेदवार झपटबहादुर रावल दोस्रो स्थानमा आएका छन्। कुल २६ हजार ६५१ मत गणना सकिंदा बडुवालले ८ हजार २९० मतसहित अग्रता लिएका हुन्। एमालेका उम्मेदवार रावलको ७ हजार ५०६ मत छ। उनीहरु बिचमा ७८४ मतको अन्तर छ।

नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार चौधरीले ७ हजार २५४ मत ल्याएका छन्। यहाँ एक लाख चार हजार ९०६ मतदाता रहेकोमा मंसिर ४ गतेको निर्वाचनमा ६० हजार ६२९ मत खसेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
ऐन महर : उदाउँदो शक्ति कि नियोजित घेराबन्दीको सिकार ?

ऐन महर : उदाउँदो शक्ति कि नियोजित घेराबन्दीको सिकार ?

सुदूरपश्चिमको पहाडी तथा हिमाली जिल्ला बझाङ यतिबेला फेरि एकपटक राष्ट्रिय राजनीतिको बहसको केन्द्रमा छ। जिल्लाको राजनीतिक आकाशमा एउटा नामको वरिपरि तीव्र घेराबन्दी, आलोचना, समर्थन र आशंका देखिन्छ—ऐन महर।
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप...
भर्खरै