नेभिगेशन
सुदूरपश्चिम

जब कोरोना देखिएका विरामी नेपालगञ्ज मेडिकल कलेजले भर्ना गर्न नमानेपछि बझाङ पुगे...

बझाङ : वैशाख १ गते गाडीबाट घर नजिकै ओर्लिदै गर्दा मष्टा- १ घर भइ हाल जयपृथ्वी नगरपालिका -३ डुंग्री बस्दै आएका एक ५६ वर्षीय पुरुषको भित्रि टाउको(दिमागमा ) गम्भीर चोट लाग्न पुग्यो । उनलाई तत्काल जिल्ला अस्पताल बझाङ लिइयो । जिल्ला अस्पताल गम्भीर चोट भन्दै धनगढीस्थित माया मेट्रो अस्पताल रेफर गर्‍यो ।

माया मेट्रोले पनि उपचार गर्न नसक्ने जनाएपछि ती पुरुषलाई नेपालगञ्ज मेडिकल कलेज लगियो । त्यहाँ भर्ना हुँदै गर्दा विना लक्षण ती पुरुषमा कोरोना पोजेटिभ देखियो । कोरोना पोजेटिभ देखिएपछि उनी लगायत धेरै जनलाई मेडिकल कलेजले भर्ना गर्न मानेन । 

बझाङदेखि हतार हतार नेपालगञ्ज पुगेका ती पुरुषका आफन्त मेडिकल कलेजको यो कुरा सुनेर छाँगाबाट खसेझैं भए । झन् विरामीको अवस्था झन् दयनिय बन्यो । त्यहाँबाट उनलाई फेरि ३८ हजार एम्बुलेन्स भाडा तिरेर बझाङ लगियो ।

अहिले उनलाई जिल्ला अस्पतालमा भर्ना गरिएको र अस्पताल जनशक्ति र स्रोत साधनले भ्याएसम्म उपचार गरिरहेको जिल्ला अस्पताल बझाङका कोरोना सम्पर्क व्यक्ति डाक्टर मिलन खड्काले बताउनुभयो । उनको अहिले तल्लो शरिर (खुट्टा लगायत) को भाग नचल्ने अवस्थामा पुगेको विरामीका आफन्त रामचन्द्र रोकायाले बताउनुभयो ।

विरामीलाई शकस
कोरोना संक्रमण दर तिव्र भइरहेका बेला फेरि नेपालका अस्पतालले पुरानै रबैया देखाउन थालेका छन् । अस्पतालमा भर्ना भएका गम्भीर प्रकृतिका तर निको हुने विरामीलाई पनि अस्पतालले कोभिडको बहानामा भर्ना गर्न मानेका छन् ।

कोरोना देखिनासाथ अस्पतालले विरामी भर्ना गर्न नमान्नुले विरामी र उसका आफन्त नकारात्मक असर पर्ने गरेको डाक्टर मिलन खड्काले बताउनुभयो ।

अस्पतालले निको हुने र कोरोना लक्षणका नदेखिएका तर कोराना पोजेटिभ देखिएका विरामीलाई उपचार गर्दै अस्पतालले दिने सेवाको राम्रो प्रभाव देखिने र विरामीको ज्यान जोगिने बताउनुभयो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुदूरपश्चिम
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै